विद्यालयको खाली भित्ता, शैक्षिक सामग्रीले भरियो

विद्यालयको खाली भित्ता, शैक्षिक सामग्रीले भरियो

दैलेख ३ पौष,
विद्यालयमा अध्ययरत विद्यार्थीहरुको भुई बसाई व्यवस्थापन । कार्पेटका मिलेर बसेका विद्यार्थी । कक्षा कोठा भित्र चारै तिर शैक्षिक सामग्रंी । त्यँहा पुग्ने जो कोहि व्यक्तिले भन्ने गर्छन “आहा कस्तो नमूना विद्यालय” । गुरास गाउँपालिका वडा नं. ३ (साविकको सेरी गाविस वडा नं. ३ मा रहेका ताराखसे प्राथमिक विद्यालयका भित्ता कुनै बेला रित्तै थिए । विद्यालयमा शैक्षिक सामग्री विना नै पढाई हुने समस्याबाट भने अहिले मुक्ती पाएको छ । अहिले विद्यालयका सबैजसो ठाउँमा शैक्षिक सामग्रीले भरिएको छ । कक्षा कोठा होस र विद्यालयका बाहिरी भित्तामा शैक्षिक सामग्रीले भरिएको छ । कुनै बेलाका खाली भित्ताहरुमा अहिले शैक्षिक सामग्रीले झकिझकाउ छन् । बास्तबमै बिधालयमा परिबर्तन देखिन सुरु भएपछि स्थानीय अभिभावक समेत दंग छन् ।
सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा परियोजनाले उक्त विद्यालयमा थुप्रै सहयोगहरु गरेको परियोजनाका सामाजिक परिचालक पूर्ण बहादुर महताराले बताए । विद्यालयमा एक जनाको मात्रै राहत दरबन्दीको शिक्षक छन् । उनि संग कार्यलय सहयोगी र एक जना बाल विकास सहजकर्ता छिन् ।
तिन जनाले संचालन गरेको विद्यालयमा आएको परिवर्तनले बालकालिकाको शैक्षिक गुणस्तरमा बृद्धि हुँदै गएको महताराले बताए ।
सहयात्रा परियोजनाले उक्त विद्यालयमा विभिन्न शैक्षिक सामग्री, भुई बसाई व्यवस्थापनका लागि कार्पे र पिफर्म सहयोग गरेको छ । शैक्षिक सामग्री निर्माणका लागि संचालन गरिएको घुम्ती बैठकले पनि व्यवस्थीत विद्यालय बनाउनमा सहयोग गरेको विद्यालयकी प्रधानाध्यापक हरि कुमारी थापाले बताइन् । विद्यालयमा अहिले बाल विकास सहित ३५ जना बालबालिका अध्ययनरत छन् ।

प्रतिक्रिया