विहेवारी, २० वर्ष पारि अभियान (सफलता र असफलताकाे कथा )

विहेवारी, २० वर्ष पारि अभियान (सफलता र असफलताकाे कथा )

घटना १ ः ११ मा पढ्दा पढ्दै बिहे
दैलेख–नौमूले गाउँपालिका वडा नं. ८ चौराठा की १५ बर्षिया रश्मी (नाम परिवर्तन) नारायण न.पा. ६ काडाँचौर दैलेखमा घर भाडामा लिएर श्री त्रिभुवन उ.मा.वि मा ११ कक्षामा पढेदा पढ्दै बिहे भयो । उनि दैलेख सदरमुकामको एक घर भाडामा लिएर कक्षा ११ मा पढ्दा पढ्दै दशै र तिहारको विदामा घरमा गएकी थिइन् । उक्त समयमा भाईको दशै तिहारको विदा भने थिएन् । आमा नाबालक छोरालाई पढाउनका लागि छोरीलाई घरमा छोडी दैलेख सदरमुकाम सम्म आएकी थिइन् । घरमा जिम्मेवार व्यक्ति नभएको मौका छोपि नारायण न.पा. ११ विन्ध्यावासिनी दैलेख बस्ने २३ बर्षिया हेमन्त थापामगर लगाएत उसको दाईहरुले ललाई फकाई उनको बिहे गरिदिए । मेरो उमेर पुगेको छैन म विहे गर्दिन भन्दा भन्दै ललाई फकाई बिहे गरिदिएको उनको भनाई छ । उनले रुदै भनिन् “घरमा मम्मी बुवा हुनुहुन्नथ्यो” तर उहाँहरुले मेरो कुरै नसुनी लतारेर जर्वरजस्ती विवाह गरिदिनुभयो ।

SAMSUNG CAMERA PICTURES

उक्त बाल विवाह भएको थाहा पाएपछि गत कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालय दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको अगुवाईमा प्रहरीमा मुद्धा दर्ता भयो । पं्रहरीको मुद्धा परेसंगै बालविवाह गर्ने जोडीलाई दैलेख सदरमुकाममा प्रहरीको अगुवाई ल्याइयो । केटि पक्ष र केटा पक्षको सामुहिक छलफल पश्चात गत असोज २९ गते उनलार्य परिवार संग पुनर्मिलन गर्न सफल भएको छ । उनका आमा बुबा , १ भाई र २ बहिनी छन् । उनले सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख द्धारा संचालित महिला तथा बालबालिका केन्द्र बाट मनोविमर्श परामर्श सेवा पाइन् । साथै उनले परिवारिक मनोविमर्श परामर्श सेवा समेत पाइन् । उनलाई सेल्टरमा २ दिन सुरक्षित र संरक्षण सहयोग समेत गरिएको थियो । उनलाई सेल्टरमा रहँदा सम्म कानुनी कुराहरु समेत जानकारी गराइएको थियो ।
१५ बर्षको कलिलो उमेरमा जबरजस्ती विवाह गर्न बाध्यतामा परेकी रश्मी (नाम परिवर्तन) अहिले बुवा आमासगँ सुरक्षित स्थानमा बसेकी छिन् । मनोविमर्श परामर्श गर्दा मन हल्का भएको उनले पतिक्रीया दिइन् । विश्वास र गोपनियता कायम भएको ले मनका कुरा खोल्न पाउदा मन हल्का भएको उनले बताएइन् । अहिले बुवा आमालाई मनोविमर्श परामर्श गरे पछि बालविवाह जाहेरी लेखन गरी मुद्दा दर्ता गर्ने र कानुनी कार्वाही गरीयोस भन्ने माग राखेको अवस्थामा हालमा बालविवाह पुरुपक्षयका लागी जिल्ला अदालतमा मुद्धा समेत दर्ता गरिएको छ । भने उनी पुनः श्री त्रिभुवन उ.मा.वि दैलेखमा ११ कक्षाको पढाईलाई निरन्तरता दिएकी छि । उनी भन्छीन “मैले मुद्दा प्रक्रिर्या अगाडी बढाएर म आफु सुरक्षित भएको महसुस गरेको छु, मुद्दा अगाढी नबढेको भए मलाई पुन जर्वरजस्ती विवाह गर्छन की भन्ने डर भईरहन्थ्यो ।” उनले भनिन “अब डराउदीन जे भएको सो बयान गर्छु ।”
बुवा आमाको सल्लाह सुझाब अनुसार कार्य गन उनलको योजना छ । जुन सुकै समस्या भएपनि परिवारमा छलफल गरी अगाडी बढ्छु । उनले भनिन “विवाहको बारेमा म २० वर्ष पुरा भईसके मात्र परिवारको सहमती र सल्लाह सुझाबमा निणर्यको प्रतिक्षामा बस्नेछु ।” अन्य केही समस्यामा आएकमा वाल हेल्पलाईन १०९८ (दश नौ आठ) र संस्थाको ०८९–४१०२२२ मा फोन गरी सल्लाह सुझाब लिने प्रयास गर्ने उनले बताइन् । पढाईलाई निरन्तरता दिन्छु उनले भनिन “समय अनुसार घरमा सघाउछु र पढछु, समय तालीका अनुसार अगाडी बढछु संकल्प लिएको छु ।”
जिल्लामा यस्ता बालविवाहमा घटनाहरु धेरै घटे । बालविवाह लाई रोक्नका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखले आफ्नो अभियानलाई निरन्तरता दिएको छ । बालिकाको उचित भविष्यको लागी बुवा आमा नै भएकोले सबै भन्दा नजिकको साथी सम्झेर छोरा छोरीको भावना बुझी भावनात्मक सहयोग गर्नुपर्ने सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखबाट संचालित महिला तथा बालबालिका केन्द्र दैलेखकी वाल हेल्पलाईन संयोजक रमा श्रेष्ठले बताइन् । बालबालिकालाई गाली गर्नु भन्दा उनीहरुको समस्या पहिचान गर्न सके समस्या समाधान गर्न सहज हुने श्रेष्ठको भनाई छ ।

 

घटना २ ः नरोकिएको बालविवाह
दैलेख –दैलेख जिल्लामा बालविवाहको समस्या जटिल समस्या हो । जिल्लामा उमेर नपुगी बालविवाह गर्नेको संख्यामा कमी आउन सकेको छैन् । जिल्लामा उमेर नपुगी विहे गर्ने र त्यस्ता विवाहलाई रोक्न काम पनि भइरहेको छ । जसका लागि बालहेल्पलाईन १०९८(दश नौ आठ) ले अझ सहयोग गरेको छ । गुरास गाउँपालिका वडा नं. ३ की १६ बर्षिया गोमा (नाम परिवर्तन) को १६ बर्षमै विहे गरि गइन् । बिहे भएको खबर स्थानीय बाल क्लब सम्म पुग्यो । बाल क्लबका अध्यक्षले उक्त कुरालाई जिल्ला सम्म पु¥याए । जिल्लामा संचालित बाल हेल्पलाइन १०९८ मा खबर भयो । प्रहरीको सहयोगमा उक्त विवाह रोकिएको भन्नै खबर आएको भएपनि हाल सम्म पनि उक्त विवाह रोकिएको छैन् । गत कार्तिक ७ गते बालविवाह हुन लागेको खवर वाल हेल्पलाईन १०९८ (दश नौ आठ) मा आएकोे थियो । स्थानीय बाल कल्बका अध्यक्षले आस्विन ३० गते वाल हेल्पलाईन १०९८(दश नौ आठ) मा खबर गरेका थिए ।
उनलाई टेलिफोन मार्फत मनोविमर्श परामर्श सेवा प्रदान संगै जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न पहल गरीएको थियो । ईलाका प्रहरी कार्यालयको समन्वयमा गत कार्तिक ७ गते हुन लागेको बाल विवाहको जानकारी पछि मिती कार्तिक ५ गते ईलाका प्रहरी कार्यालय गुरासेमा छलफल गरी परिवारमा पुनर्मिलन गरेको जानकारी प्राप्त भएको थियो । ईलाका प्रहरीको सहयोग गरेको अवस्थामा सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख द्धारा संचालित महिला तथा बालबालिका केन्द्र ढुक्क भएको थियो । अभिभावकको जिम्मेवारीमा पुन मिलन गराई कानुनी प्रावधानको विषयमा छलफल गर्दा समेत बालविवाह रोकीएको छैन् । प्रहरीले विवाह रोकिएको बताएपनि गत कात्तिक ७ गते हुने विवाह त्यसको अघिल्लो लिन कार्तिक ६ गते भएको छ ।
जिल्लामा बालविवाह रोक्नका लाथि थुप्रै प्रयासहरु थालनी गरिएको भएपनि यस्ता कार्यलाई रोक्नका लागि निकै चुनाती भने थपिएको छ । यस विषयमा संस्थाबाट बारम्बार पहल र पैरवि गर्दै जिल्लामा सरोकारवालाको कार्यक्रममा समेत वकालत गर्दा सुनुवाई नभएकोले थप समस्या भएको र यस विषयमा वकालत गर्दा थम पिडा खेप्नु परेको छ । बाल कल्बका बालबालिकाबाट पनि बाल विवाहका विषयमा कुरामात्र गर्ने काम नगर्ने जस्ता गुनासाहरु आउन थालेका छन् । बाल क्लबका उक सदस्यले भने “हामी समुदायमा बस्ने व्यक्ती कुरा उठान गर्दा थप जौखीम र आरोप हरु झेल्नु परेको छ, यसरी काम गर्न नसक्ने भए हामी गाउँ समुदायमा बालविवाह को विषयमा जानकारी समेत गर्दैनौ ।” उक्त बाल विवाह रोक्नका लागी अहिले जिल्लाका सरोकारवाला निकायहरुसगँ समन्वय गरिएको वाल हेल्पलाइृन संयोजक रमा श्रेष्ठले जानकारी दिइन् ।

घटना ३ ः बालविवाह गरेकी वालिकाले भनिन्  “अब पढाईलाई निरन्तरता दिन्छु”
दैलेख– दैलेखको डुंगेश्वर गाउँपालिका वडा नं. २ की १५ बर्षिया कृति (नाम परिवर्तन) दैलेखकै महावु गाउँपालिका वडा नंं २ बडाखोलामा विहे गरेर गइन् । उनी कक्षा ९ मा पढ्दा पढ्दै विहे गरिन्. । उमेर नपुगेकी कृति (नाम परिवर्तन) को आफनै फुपुको छोरा सगँ विवाह भएको थियो । उनले बुवा आमालाई जानकारी नगराएर स्यमं आप्नै ईच्छाले विवाह गरेकी थिइन् । विवाह गरी घरमा गए पछि उनको पढाई रोकियो । घरका सदस्यहरुले बुहारी भएर पढन हुदैन्, घरमा काम गर्नु पर्छ भन्ने गरेको ले विद्यालय जानाबाट बञ्चित भएको उनले बताइन् । घरको व्यवहार चित्त नबुझेकाले बुवा आमाको घरमा जादाँ समेत बुवा आमाले घर गरेर खा हामी तलाई पढाउन सक्दैनौ भनेको कारण त्यहाँ बाट पनि भागेर सहयोगका लागि वाल हेल्पलाईन १०९८(दश नौ आठ) को ढोका सम्म आएकी थिइन् ।

SAMSUNG CAMERA PICTURES

बाल हेल्पलाइन सम्म आएपछि पारिवारिक छलफल पश्चात गत भाद्र ५ गते परिवार संग पुनर्मिलन गरिएको थियो । उनले महिला तथा बालबालिका केन्द्रमा मनोविमर्श परामर्श सेवा समेत पाइन् । उनलाई ३ दिन सम्म सेल्टर मा राखिएको थियो । सेल्टरमा रहँदा सम्म उनलाई कानुनी परामर्श र कानुनी सहयोग समेत प्रदान गरिएको थियो ।
बुवा आमाको सल्लाह सुझाब अनुसार कार्य गन उनलको योजना छ । जुन सुकै समस्या भएपनि परिवारमा छलफल गरी अगाडी बढ्छु । उनले भनिन “विवाहको बारेमा म २० वर्ष पुरा भईसके मात्र परिवारको सहमती र सल्लाह सुझाबमा निणर्यको प्रतिक्षामा बस्नेछु ।” अन्य केही समस्यामा आएकमा वाल हेल्पलाईन १०९८(दश नौ आठ) र संस्थाको ०८९–४१०२२२ मा फोन गरी सल्लाह सुझाब लिने प्रयास गर्ने उनले बताइन् । पढाईलाई निरन्तरता दिन्छु उनले भनिन “समय अनुसार घरमा सघाउछु र पढछु, समय तालीका अनुसार अगाडी बढछु संकल्प लिएको छु ।”
जिल्लामा यस्ता बालविवाहमा घटनाहरु धेरै घटे । बालविवाह लाई रोक्नका लागि सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखले आफ्नो अभियानलाई निरन्तरता दिएको छ । बालिकाको उचित भविष्यको लागी बुवा आमा नै भएकोले सबै भन्दा नजिकको साथी सम्झेर छोरा छोरीको भावना बुझी भावनात्मक सहयोग गर्नुपर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखबाट संचालित महिला तथा बालबालिका केन्द्र दैलेखकी वाल हेल्पलाईन संयोजक रमा श्रेष्ठले बताइन् । बालबालिकालाई गाली गर्नु भन्दा उनीहरुको समस्या पहिचान गर्न सके समस्या समाधान गर्न सहज हुने श्रेष्ठको भनाई छ ।

घटना ४ ः बन्धक बनाइएकी किशोरीको उद्धार
दैलेख– बुटवल उपमहानगर पालिका–१३ वेल्वास, रुपन्देही (अस्थायी ठेगाना ः गुरासँ गा.पा.–१ खड्वाडा) की १९ बर्षिया मञ्जु (नाम परिवर्तन) कक्षा ११ मा पढ्दा पढ्दै जबरजस्ती विहे भयो । उनकी सानीआमा ले जर्वरजस्ती वालविवाह गरिदिएकी थिइन् । विवाह भई दैलेख जिल्लामा आईसकेपछि विवाह गरि आएको घर परिवारका सदस्यहरुले बुवाआमाको घरमा जान समेत दिएनन् । माइत गई भने फर्केर आउदिने भन्ने मनसायले उनलाई घरमै बन्धन बनाइ राखिएको उनले बताइन् । उनि विभिन्न बाधाहरुलाई झेल्दै बुवाआमाको घर बुटवल उप महानगर १३ रुपन्देही जिल्ला गइन् । तर गत श्रावण महिनामा घरमा केटाको बुवा वितेकाले किरीया गर्न आईज भनी घरमा आईसकेपछि घरबाट बाहिर जान दिइएन् ।

SAMSUNG CAMERA PICTURES
SAMSUNG CAMERA PICTURES

उनलाई बुवा आमालाई फोन सम्पर्क गर्न पनि नदिने गरेको बताइएको छ । माइतबाट घर फर्किएपछि शौचालय जान समेत नदिएको उनको भनाई छ । दिसा पिसाव लाग्यो भने पनि आधा घण्टा १ घण्टा पछि लैजाने बाहिर आफु बस्ने बाहिर आउन ढिलो गरमा शौचालयको ढोका फोडेर कपालमा समाती लतारेर ल्याउने गरेको उनले बताइन् । परिवारका सदस्यले मलाई मेरो बुवा आमाको हालखबर बुझन दिनुहोस भनी रोई कराई गरेपछि धेरै पछि कुरा गर्न दिए । बुवा आमाको संग मलाई थुनेर राखेका छन भनेपछि फोन खोसेर लगे उनले भनिन “त्यसको ४ दिन पछि बुवा आउनु भयो, बुवा सगँ भेट्न पनि दिएनन ।” ३ दिन सम्म मलाई लुकाएर राखे । परिवारका सदस्यले बाबु छोरीलाई मारेर कर्णलीको खोलामा फालीदेउ भनेपछि बुवा डराएर छोरी तलाई मैले बचाउन भन्दै घर फिर्ता भए । उनका बुबा आफनै ज्यान बचाएर भाग्नु पर्ने अवस्था आयो ।
त्यसको लगत्तै रुपन्देही जिल्लाबाट दाईले सामाजिक सेवक केन्द्र (सोसेक) नेपाल दैलेखमा फोन सम्पर्क गरी मेरो बहिनीलाई बालविवाह गरी बन्धक बनाईएको भन्दै जानकारी गराए । बहिनीलाई उद्धार गर्नका लागी सहयोगको अपेक्षा गरेको उनले बताए । उनको जानकारी अनुसार गत श्रावण ११ गते निवेदन लेखी गर्न संस्थाले सुझाव दिएको थियो । त्यसै अनुसार उनले श्रावण १४ गते निवेदन लेखि पठाए । निवेदन आईसके पछि मिती गत श्रावण १४ गते जिल्ला प्रहरी कार्यालयमा संस्थाको सिफरिसमा उजुरी दिइएको थियो । उजुरी पश्चात श्रावण १२ गते ईलाका प्रहरी कार्यालय तल्लो डुङ्गेश्वरबाट उद्धार गरि उनलाई दैलेख सदरमुकाम ल्याइएको थियो ।
उद्धार पश्चात उनलाई मनोविमर्श परामर्श सेवा प्रदान गरिएको छ । सेल्टरमा ३ दिन सम्म राखेर कानुनी परामर्श र कानुनी सहयोग उनलाई प्रदान गरिएको थियो । सेल्टरको सहयोगमा सुरक्षित बसेकी मञ्जु (नाम परिवर्तन) लाई गत श्रावण १६ गते छलफल र परिवारमा पुनर्मिलन गरिएको थियो ।
संस्थाको पहल र पैरविले मेरो छोरी सुरक्षित पाए उनका बुबाले भने “म छोरी लिन जादाँ समेत मारेर फाल्छु भनी धम्की दिए” छोरीको आशामारी फर्कीए तर संस्थाले यति ठुलो सहयोग ग¥यो ।” बालविवाह जाहेरी लेखी मुद्दा प्रक्रिर्या अगाडी बडाउने भनिएपनि बुवलबाट फेरी आउन समस्या हुन्छ उनका बुबाले भने “म मेरो छोरी लिएर जान्छु मुद्दा अगाडी नबढाऔ ।” उनि अहिले घर परिवार संग बसेकी छिन् । पारिवारिक पुनमिलन पश्चात अहिले उनले कक्षा १२ को पढाईलाई निरन्तरता दिएकी छिन् ।
बुवा आमाको सल्लाह सुझाब अनुसार कार्य गन उनलको योजना छ । जुन सुकै समस्या भएपनि परिवारमा छलफल गरी अगाडी बढ्छु । उनले भनिन “विवाहको बारेमा म २० वर्ष पुरा भईसके मात्र परिवारको सहमती र सल्लाह सुझाबमा निणर्यको प्रतिक्षामा बस्नेछु ।” अन्य केही समस्यामा आएकमा वाल हेल्पलाईन १०९८(दश नौ आठ) र संस्थाको ०८९–४१०२२२ मा फोन गरी सल्लाह सुझाब लिने प्रयास गर्ने उनले बताइन् । पढाईलाई निरन्तरता दिन्छु उनले भनिन “समय अनुसार घरमा सघाउछु र पढछु, समय तालीका अनुसार अगाडी बढछु संकल्प लिएको छु ।”

 

प्रतिक्रिया