बालबालिका नै रोक्छन बाल विवाह : १ बर्षमा ७ सय बढी बाल विवाह रोकिए

बालबालिका नै रोक्छन बाल विवाह : १ बर्षमा ७ सय बढी बाल विवाह रोकिए

हिक्मत नेपाली
पौष १५, दैलेख जिल्लाका विभिन्न स्थानीय तहहरु गाउँपालिका तथा नगरपालिकामा गठित बाल क्लबहरुले बाल विवाहलाई रोक्ने गरेका छन् । जिल्लाका विभिन्न स्थानमा गठन भई संचालित बाल क्लबका बालबालिकाले विवाह रोक्ने गरेका हुन् । कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययरत बालबालिकाहरुले गाउँ घरमा हुने बाल विवाहहरु रोक्ने गरेका छन् । गाउँ घरमा उमेर नपुगी हुन लागेको बालविवाह रोक्नका लागि जिल्ला प्रहरी कार्यालय अथवा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित महिला तथा बालबालिका केन्द्रको बाल हेल्पलाइन नम्बर १०९८ (दश नौ आठ) मा खबर गर्ने गरेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । बाल क्लब संगै स्थानीय तहमा क्रियाशिल यूवा क्लब, महिला संजालको सहयोगमा पनि बाल विवाह रोकिने गरेको थापाले जानकारी दिएका छन् ।

फाेटा गाेगलवाट लिएकाे हाे ।

गाउँ घरमा हुने आफुखुसी या परिवारले जबरजस्ती गरिदिन लागेका विवाह तत्काल रोक्न यस्ता बाल क्लब, यूवा क्लबहरु सक्रिय भइरहेको बाल अधिकारकर्मीहरु बताउछन् । बाल क्लब, यूवा क्लब तथा महिला संजालहरु गाउँघरमा बालविवाह हुँदै गरेको थाहा पाउनेवित्तीकै बालक्लबका बालबालिकाहरुले बाल विवाह रोक्ने गरेको सामाजिक सेवा केन्द्र (सोसेक), नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । उनिहरुले घरमा पुगेर समेत बाल क्लबका पदाधिकारीले उमेर नपुगी गर्न लागिएको विवाह रोक्न आग्रह गर्दै बालविवाह गर्नु गैरकानुनी कार्य भएकाले जबरजस्ती गरे उजुरी गर्ने चेतावनी समेत दिने गरेका छन् ।
जिल्लामा गत बर्ष मंसिर देखि हाल सम्म ७ सय बढी बाल विवाह रोकिएको जनाइएको छ । जसमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित महिला तथा बालबालिका केन्द्रको बाल हेल्पलाइनको फोन मार्फत १ सय १७ वटा बालविवाह रोकिएको वाल हेल्पलाईन संयोजक रमा श्रेष्ठले जानकारी दिनुभएको छ । यस्तै दैलेख जिल्ला प्रहरी कार्यालय दैलेख मार्फत विभिन्न माध्ययमबाट आएका ९९ वटा बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सरोज पौडेलले जानकारी दिनुभएको छ । यस्तै जिल्लामा संचालनमा आएका विभिन्न बाल क्लब, यूवा क्लब, महिला संजालहरु सहितको सहयोगमा हाल सम्म ७ सय १ वटा बाल विवाह रोकिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बाल संरक्षण अधिकृत निर्मल अधिकारीले जानकारी दिनुभएको छ । जिल्लामा बाल विवाह रोकथाम गर्नका लागि महिला संजाल, बाल क्लब, यूवा क्लब, बाल सरक्षण तथा सम्बद्र्धन उपसमिति लगाएले सहयोग गरिरहेको अधिकारीले बताएका छन् । यस्तै जिल्लाको नागरिक समाजले पनि बेला बेला बाल विवाह र महिला हिंसाका बारेमा जनचेतना लगाएतका कार्यक्रमहरु गर्ने गरेको अधिकारीले जानकारी दिएका छन् ।
२० वर्षभन्दा कम उमेरमा बालबालिकाको विवाह गर्न नपाइने कानुनी प्रावधान छ । दैलेखका महिला हिंसा र बहुविवाहको मुख्य कारण बालविवाह नै रहेको जिल्लामा क्रियाशिल महिला तथा बाल अधिकारकर्मीहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया