सन्दिपले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले किन्यो

सन्दिपले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले किन्यो

 नेपाली युवा बलर सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।दिल्ली डेयरडेभिल्सको टिममा परेपनि आईपीएल खेल्न पाउँछन् पाउँदैन त्यो हेर्न केही समय कुर्नुपर्छ । टिममा २५ खेलाडी छन् र फस्ट इलाभेनमा पर्न सन्दिपले राम्रै मेहनत गर्नुपर्छ ।आइतबार भएको अक्सनमा दिल्लीले १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो ।

सन्दिपलाई किनेको दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्टदेखि पृथ्वी शाह समेत छन् । पृथ्वी भारतका यू-१९ क्रिकेटर हुन् ।

प्रतिक्रिया