एमाले–माओवादीबीच ७० र ३० प्रतिशतको भागबण्डा

एमाले–माओवादीबीच ७० र ३० प्रतिशतको भागबण्डा

एमालेले चार र माओवादीले दुई मुख्यमन्त्री पाउने

काठमाडौँ — एमाले र माओवादीको प्रान्तीय सरकारमा ७० र ३० को अनुपातमा भागबण्ड गरेको छ । आइतवार सिंहदरबारमा बसेको कार्यदलको बैठकले उक्त अनुपातका सरकार गठन गर्ने सहमति गरेको हो ।  कार्यदलका सदस्य सुरेन्द्र पाण्डेका अनुसार प्रान्तीय सरकारको मन्त्रिपरिषदको सदस्य संख्या भने ७ देखि ११ जनाको मात्र हुने। ‘थोरै संख्या भएकोमा ७ र धेरैमा ११ जना नाघ्ने गरी मन्त्रिपरिषद् गठन गर्ने निर्णय भएको हो’ उनले भने। त्यसैगरी प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेको हुनेछ भने ६ र ७ को माओवादीले लिने निर्णय गरेको छ। त्यसैतै प्रदेश १, ३, ६ र ७ को सभामुख एमाले हुने र प्रदेश ४ र ५ को सभामुख माओवादीको हुने पनि सहमति भएको छ।

त्यस्तै उपसभामुखमा प्रदेश ४ र ५ एमालेले लिने र अन्य १, ३, ६ र ७ माओवादीले लिने भएको छ। त्यसैगरी प्रान्तीय संसदका बिभिन्न सिमितहरुको सभापतिहरु एमालेले ७० प्रतिशत र माओवादीले ३० प्रतिशत लिने तय भएको छ। यही अनुपात मन्त्रिपरिषद्का सदस्यहरुको पनि रहने छ। समितिका सभापतिहरु र मन्त्रिपरिषद्का सदस्यहरुको पोर्टफोलियो छान्ने काम भने मुख्यमन्त्री र प्रदेशसभाको संसदीय दलको नेताले छलफल गरेर तय गर्ने पनि सहमति भएको पाण्डेले बताए।

प्रतिक्रिया