सामाजिक संजालवाट जनचेतना जगाउँदै थापा ।।

सामाजिक संजालवाट जनचेतना जगाउँदै थापा ।।

“सज हिड्ने करनाली फाल हाल्ने भेरी, मार्यादित महिनावारी नभुल्नु है फेरी” यो देउडा गितको टुक्का कुनै प्रख्यात एल्बमको होईन । नत यो देउडा गितको टुक्का लेख्ने मान्छे कुनै ख्याति प्राप्त कलाकार नै हुन् । तर गितको टुक्का कुनै चर्चिक एल्बम र कलाकारको भन्दा कम छैन । हो यो देउडा गितको टुक्का लेख्ने मान्छे उनै सामाजिक अभियान्ता सोसेक दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा हुन् ।

छाउ (छुई) भएको समयमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको जम्वुकाँधमा आज भन्दा ५÷६ महिना अगाडी छाउगोठमा सुतीरहेको अवस्थामा सर्पले डसेर एक किशोरीको मृत्यु भएको थियो । दैलेख जिल्लामा छाउ भएका वेला छाउगोठमा वसेर महिलाको अकालमै मृत्यु नहोस भनेर सामाजिक रुपमै थापा लागीपरेका छन् । थापा दैलेखका दुरदराजका गाउँ वस्तीमा पुगेर छाउपडि पर्था एक जघन्य अपराध भएको र यो रुढिवादी परम्परा हो भन्दै जनचेतना जगाउँदै हिड्ने गरेका छन् ।

लामो समयदेखि वालविवाह, छाउपडि पर्था लगाएका विषयमा सामाजिक अभियान्ता रहेका थापाले गाउँ–गाउँमा जनचेतना जगाउनुका साथै सामाजिक संजाल फेसवुकमा आफुले लेख्ने हरेक स्टाटसमा वालविवाह र छाउपडि शव्द नछुटाई लेख्ने गरेका छन् । यो देउडा गितको टुक्का पनि उनले आफ्नै सामाजिक संजाल फेसवुकमा नै लेखेका हुन् । उनले लेखेको यस स्टाटसमा १ सय २० भन्दा वढि व्यक्तिले मन पराएका छन् भने तिन जना शेयर गर्नुका साथै ३० जना भन्दा वढिले देउडा गितका टुक्का वाट नै प्रतिक्रिया जनाएका छन् ।

वेलावेलामा सामाजिक संजालमा आएका कुराहरुले निकै माहोल तताउने गरेका छन् । देउडा शैलीमा लेखिएको स्टाटसको पनि वजारमा निकै चर्चा हुने गरेको छ । थापाले मात्र हैन अव सम्पुर्ण सचेत नागरिकले आ–आफ्नो क्षेत्रवाट छाउपर्था र वालविवाहको विषयमा मुख खोल्नु पर्ने वेला भएको छ ।

प्रतिक्रिया