काठमाडौँ । सरकारले आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।शुक्रबार साँझ प्रधानमन्त्री निवासमा बसेको बैठकले सो निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

योसँगै लामो समयदेखि राष्ट्रिय सभासम्बन्धि विवाद टुंगिएको छ ।बालुवाटार श्रोतका अनुसार प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषय भने अर्को बैठकले मात्रै गर्नेछ ।यसैवीच आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो तीन बजे प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो ।भेटमा राष्ट्रिय सभा चुनाव को मिति, प्रदेश प्रमुख नियुक्ति विषयमा छलफल भएको बताइएको छ ।