स्वस्थानीकि गोमा र नाबालिक यौन शोषण

स्वस्थानीकि गोमा र नाबालिक यौन शोषण

सुनिता बस्नेत ः कुमारजी आज्ञा गर्नु हुन्छ, हे अगस्तेमुनी तहॉ उप्रान्त ७ बर्गोषकि गोमा ब्रम्हाणीलाई ७० बर्षको शिब शर्मा नाम गरेका  ब्रम्हाणको हातमा सुम्पिदा भए। पूजा कोठा गुन्जि रहेको थियो। अनायास मेरो कानमा मेरी भर्खरै १०/११ बर्षमा पाइला टेकेकि छोरीको शब्द गुन्जन्छ, ‘it’s ridiculous!’स्वस्थानीको किताबबाट ऑखा उठाएर हेर्छु। आक्रोसित भावमा मेरी छोरी बिम्मव मलाई नियाली रहेकि। कुरो ४/५ बर्ष अगाडिको हो। मैले विदेशमा बसेर पनि आफ्नो धर्म, संस्क्रिति, रिति रिवाज नयॉ पुस्तालाई पनि सिकाउन पर्छ भन्ने उदेश्यले स्वस्थानीको कथा पढ्ने निर्णय गरेकि थिएं। मेरो नियमित श्रोता मेरी भर्खरै युवा अवश्थामा प्रवेश गर्न लागेकि छोरी बिम्ब थिइ। उ जति नै ब्यस्त भए पनि मामुलाई खुशी पार्न वा आफ्नो धर्म संस्क्रितिको पालना गर्न नियमित रुपमा स्वस्थानी सुन्न वस्थि। अझै कहिले काहिं त मलाई सहयोग पनि गर्थि, प्रसाद हाल्नलाई। मेरा ऑखा एक छिन् बिम्वको अनुहारमा टक्क अडियो। स्वस्थानी पढि राखेको हुनाले कुनै संबाद गरिन र निरन्तर पढ्न थालें। तर मेरो ऑखाले बारम्वार बिम्वलाई नियाली रहेको थियो, उसको मनोभाव पढि रहेको थियो।

मेरा ऑखा अगाडि बिम्वकै उमेरको आफुलाई देखें र मेरो ठाउंमा ड्याडिले स्वस्थानी पढि राख्नु भएको थियो। १०/१२ बर्षकि म कति उत्साहित हुन्थें स्वस्थानी सुन्न! हाम्रो बैठक कोठा खचाखच हुन्थयो,स्वस्थानी बाचन गर्ने बेलामा। हामी सबै जना ड्याडिको अगाडि हात जोडेर कथा सुन्थ्यौ। ऑखा र मन चाहिं मकै फुले मिठाइमा हुन्थ्यो। अगाडिको ‘यं ब्रम्हा’ देखि लिएर अन्तिमको ‘उपनयतु मंगलम्..’ ‘इति श्रिस खंड पुराणे’ कन्ठै थियो। अहिले पनि आउंछ। प्रिथिवीको उत्पत्ति, दानव र देवताको लड़ाईं निक्कै चाख लाग्थ्यो। सबै भन्दा बढ़ी माया गोमाको लाग्थो। हुन त बिष्णुबाट सत्य डगाएकि ब्रिन्दा, महादेवको लागि ज्यान दिएकि सतिदेवी, र नवराजकि जेठी श्रीमतीको पनि माया लाग्थ्यो। तर ७ बर्षकि गोमा ७० बर्षको शिब शर्माको साथ बिबाह गरेको प्रसंग नमिठो लाग्थ्यो। अनि मनमनै सोच्थें, उनले श्राप पाएकि थिइन्। आफ्नो मन त्यसै बुझ्थ्यो। आफ्नो बाल्यकाल र स्वस्थानी मेरो मनमा हुंडल्लि रहेको थियो। तर निरन्तर स्वस्थानी बाचन गरि नै रहेको थिएं।अहिले बिम्वले गरे जस्तो प्रतिबाद गर्ने सम्म कहिले पनि सोचेको थिइन।तर मेरो मनले पनि भनिरहेको थियो। Yes, it’s reducolus!!

त्यो साल मैले पुरै स्वस्थानी पढें। खासै बिम्वको उपस्थितिलाई प्राथमिकता दिइन। बरु म चाहन्थें, उ न आओस्। कतिपय प्रसंगको ब्याख्या गर्न असजिलो लाग्थ्यो मलाई। म आफैं सोच्थें, बिष भॉग धतुरो खाएको शिवजी पति पाउन पार्वतीले गरेको बर्तलाई कसरी सिक भनुम्? ७ बर्षकि गोमालाई ७० बर्षको ब्रिद्दसंग बिबाह गरि दिएको प्रसंगलाई कसरि जायज छ भनुम्? बिष्णुको स्वर्गमा अप्सराहरु मनोरन्जनका साधन वनेको कुरा कसरी राम्रो हो भनुम्? त्यसकारणले मैले त्यो सालको कथा पुरा गरे पछि स्वस्थानी पढिन। त्यसको अर्थ यो होइन कि धर्मलाई अपमान गरें। मैले एउटी आमा भएर मेरी छोरालाई दिने जस्तो  सन्देश पाइन।नारी ससस्त्रिकरणमा विश्वास गर्ने म एक आमाले नारी शिकार भएको कथा दिन दिनै सुनाएर उस्को आत्मबल कमज़ोर पार्न चाहिन। हो मैले सिकाएको छु। नारी शक्तिको परिभाषा दुर्गा माताको शक्तिमा खोज भनि। धनकि पर्याय लक्ष्मी माताले झै धन कमाउनु भनि। अनि सरस्वती माताले झैं बिध्या आर्जन गर्न भनि।तर मेरो मन र आत्माले ती गोमाले दुख पाएको ६३ बर्ष जेठो मान्छेसंग बिहे गरिदिएको कुरा जायज़ छ भनि सुनाउन चाहिन।जव कथा पढ्न छोडियो प्रसंग पनि चलेन। तर मेरो मानसपटलमा भने गोमा प्रत्यक बर्ष स्वस्थानी पुर्णेमा आउंछिन्। मेरो मन चिमोट्छिन्। मलाई ति बालिका गोमाको अत्यन्तै माया लागेर आउंछ।

जव नाबालिक यौन हिंसा म पत्रिकामा पढ्छु। समाचारमा देख्छु। तिनै गोमा पाउंछु ऑखा अगाडि। हुन त प्रसंग अलि नमिल्ला। हाम्रो ग्रन्थको कुरो यो परदेशमा घटेको घटनासंग जोड्दा। म सोच्छु, गोमा संसार भरि छिन्।केहि बर्ष अगाडि अमेरिकाको ओहायोको सानो गाउंमा ३ जना किसेोरीहरुलाई अपहरण गरि १० बर्षसम्म घर भित्रै बन्धि बनाएर यौन शोषण गरेको थियो एक जना वयस्क मान्छेले।त्यस्तै मध्य टेक्ससको वैकोमा मात्रै २५ बर्ष अगाडि धर्म गुरुको नाममा १२ बर्षकि बालिकाको करणी गरेर आफू भगवानको छेरा भएको दावी गरेको थियो डेभिड नामक धर्म गुरुले। जसले २५/३० जना स्वास्नी राखेको इतिहास छ।  अरु धार्मिक  ग्रन्थहरुमा पनि महिलालाई अलि निम्न स्तरमै राखेको पाइन्छ।नेपालमा त कुरै नगरौं, आफ्नै बावु र हजुर वाबुले घरै भित्र करणि गरेका बिभत्स कथा ब्यथा छन्। कति ख़बर त मिडियासम्म पनि पुग्दैनन्। मलाई तिनै गोमाको याद आउंछ जब नाबालिक विबाह र यौन सोषणको प्रसंग चल्छ।मनले सोधि रहेको हुन्छ मलाई आधुनिक समाजमा पनि गोमाहरुको उत्पत्ति कतै पौराणिक कथाहरुबाट त उत्पत्ति भएको छैन? हाम्रा कुनै कुनै ग्रन्थले कुनै हदसम्म त प्रेरित गरि रहेको छैन? वालविबाह गर्न, यौन शोषण गर्न।मेरी प्यारी  गोमा कसरी गर्भवती भइन् होला ७० बर्षको ब्रिद्धबाट ??

प्रतिक्रिया