गजल

गजल

आफु मरेर देशलाई बचाएका हुन्।
हाम्रा पुर्खाले नै शीर उठाएका हुन्।

कागती , सुन्तला र मेवा बेचेर नै,
आमा बा ले मलाई पढाएका हुन्।

भारी बोक्दै आफु भोकै बसेर पनि।
पेट भरुन्जेल खाना खुवाएका हुन्।

मेरा आफ्नै आफन्त भनाउदाले नै
रुखमा चढाई फेद ढलाएका हुन्।

मैले जति आदर्शका कुरा गर्न सक्छु।
गुरुहरुले नै यत्तिको बनाएका हुन् ।

प्रतिक्रिया