मध्यपहाडी लोकमार्ग – दैलेख खण्डमा १ खर्ब ३९ करोड खर्च हुँदै

मध्यपहाडी लोकमार्ग – दैलेख खण्डमा १ खर्ब ३९ करोड खर्च हुँदै


चैत्र ६, दैलेख- बर्षौ देखि विवादित बन्दै मध्यपहाडी लोकमार्ग अन्तर्गत दैलेख खण्ड ८ वर्षपछि कामले तीव्रता पाएको छ । मध्यपहाडी सडकको सुचारु गर्नका लागि स्थानीय जनप्रतिनिधिहरुले सहजता देखाएसँगै यो वर्ष मात्रै बिभिन्न चारवटा स्थानमा आयोजनाले ठेक्का खुलाएको हो । ठेकेदार कम्पनीहरुले अहिले धमाधम काम सुरु गरिरहेका छन् । दैलेख खण्डभित्र पर्ने बिभिन्न चारवटा सडक खण्डमा १ खर्ब ३९ करोडको ठेक्का मार्फत काम सुरु भएको आयोजनाका ईन्जिनियर तुलाराम शर्माले जानकारी दिएका छन् ।
सडक निर्माण कार्य धमाधम सुरु भएको छ शर्माले भने, “जाजरकोट, दैलेख र अछाम खण्डमा ट्रयाक खुलिसकेको छ ।” जाजरकोटको कार्कीगाउँ नजिक झाप्रामा सामान्य समस्या छ । थोरै लगानी गर्न सकेमा र थलमा पक्कि पुल निर्माण हुने बित्तिकै जाजरकोट, दैलेख र अछाम सम्म मध्यपहाडी राजमार्ग मार्फत यात्रा गर्न सकिने छ । सडक कालोपत्रेको काम पनि धमाधम संचालन भैरहेकोले आगामी वर्षमा धेरै प्रगती हुने शर्माले बताए ।
अहिले जाजरकोटको सिमा हुँदै दैलेखको मनघर सम्मका लागि २९ करोड, हुलाक टाकुरा हुँदै लाहोरे सम्म ३४ करोड, रामाघाट हुँदै पादुका सम्म ४७ करोड, पादुका हुँदै चक्रता २९ करोड रकम मध्यपहाडी सडक खण्डको कालोपत्रेका लागि खर्च गरिदै छ ।
मध्यपहाडी लोकमार्ग अन्र्तगत दैलेखमा पर्ने १ सय १८ कि. मि. लामो सडक कहिले स्थानीयको जग्गाको अवरोध त कहिले ठेकेदारको बिभिन्न बाहनाका कारण रोकिएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताए । अव रोकिएको बिवाद समाधान हुँदै गएको र राजमार्गले गतिलिने आशा गरेको थापाले बताए ।
दैलेखको पूर्वमा जाजरकोट र पश्चिममा अक्षाम जिल्ला संग अव यात्रा सहज भैसकेको छ । अहिले बिभिन्न खण्डमा १२ सय वढि कामदार हरुले मेसनरीवाल, ग्याविन भर्ने, सडक चौडा पार्ने, नाला वनाउने , होम पाईप हाल्ने र ग्रावेल विछ्याउने काम धमाधम गरीरहेका छन आउदो २ वर्षमा कुनै अवरोध नभए सवै सडक कालो पत्रे गरिसक्ने निर्माण कम्पनीले जानकारी दिएका छन् ।
सडक खण्डका कतिपय स्थानहरुमा ठूला ठूला भिर र चट्टान लागेका कारण काममा केही असहजता देखिएको भएपनि यो वर्षदेखि काममा तीव्रता देखिएको छ ।
दैलेख सदरमुकाम खण्डमा ट्रयाक खोलिएको छ भने सडक कच्चि भएकोले कालोपत्रेका लागि डि.पि.आर. भएको र गत वर्षबाट कालोपत्रेका लागि काम सुरु हुन सक्ने आयोजनाले जानकारी दिएको छ ।
सडक निर्माण सुरु भए संगै सडकमा सवारी साधनहरु चलेका छन, सडक संचालन पछि जाजरकोट जिल्लाका पश्चिम क्षेत्र र अक्षाम जिल्लाका पूर्व क्षेत्रका स्थानीयहरुलाई सहज भएको छ ।

प्रतिक्रिया