वातावरणमैत्री वडा बनाउन पहल थाल्छौ

वातावरणमैत्री वडा बनाउन पहल थाल्छौ

दैलेख- दैलेखको गुरास गाउँपालिका वडा नं. २ पुरैनीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र गुरास गाउँपालिकाको साझेदारीमा संचालित जलाधार संरक्षण जलवायु परिवर्तन र वातावरण सरसफाई कार्यक्रममा स्थानीय बासीको उत्साह पूर्ण सहभागिता जनाउन थालेका छन् । जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा मानव जिवनमा पारिरहेको भएपनि जलवायु परिवर्तन हुने कारण त्यसको असर र न्यूनिकरणको उपाएहरुबारे जानकारीनै नभएको स्थानीय बासीहरुले बताएका छन् ।

उनिहरुले कार्यक्रममा सहभागि भएपछि जलवायु परिवर्तन न्यूनिकरणका उपाएहरुबारे जानकारी पाएपछि जलवायु परिवर्तनलाई रोक्नका लागि वन जंगलको संरक्षण तथा बृक्षारोपण गर्नुपर्ने रहेछ भन्ने बारे जानकारी पाएको बताएका छन् । त्यसका लागि कार्यक्रमले बृक्षारोपण गर्न बोट विरुवा उपलब्ध गराउन आग्रह गरेका छन् । साथै वातावरण सरसफाई मानव जिवनको लागि अपरिहार्य भएकोले वातावरण सरसफाईका लागि तत्पर रहने सहभागिहरुले बताएका छन् । संस्थाको सहयोग माग्दै वातावरणमैत्री वडा बनाउका लागि पहल थाल्ने कार्यक्रममा सहभागि खड्ग सामुदायिक बनका सचिव जय बहादुर वलीले बताए । प्रक्षिणमा ३७ जना सहभागि थिए ।

प्रतिक्रिया