राउटेको प्रश्न: प्रधानमन्त्रीज्यू हामीले भेट्न नपाउने ?

राउटेको प्रश्न: प्रधानमन्त्रीज्यू हामीले भेट्न नपाउने ?

 

शेरबहादुरले झुक्याए, तपाईँले नझुक्याउनु

काठमाडौँ: जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेटेर बधाई दिने इच्छा पुरा नभएकोमा उनीहरुले चित्त दुखाएका छन् ।

दैलेखको जंगलबाट अन्नपूर्ण पोस्ट्लाई फोन गर्दै उनीहरुले प्रधानमन्त्रीलाई भेट्न खोजिए पनि नसकेको गुनासो गरेका छन् । ‘के हामीले ओलीलाई भेटन नपाउने ?’, राउटेका मुखिया मैनबहादुर शाहीले प्रश्न गर्दै भने, ‘ओली प्रधानमन्त्री भएकोमा हामीलाई कति खुसी लागेको थियो, उहाँ त हाम्रा प्रधानमन्त्री हुनुहन्छ भनेर सबै खुसी थिए, भेट्न नदिएको जनता रिसाएका छन् ।’

अन्न सकियो प्रधानमन्त्रीज्यू

प्रधानमन्त्री हुनेवित्तिकै ‘जनता’ले ओलीलाई भेट्न चाहे पनि भेट्ने रहर पुरा नभएको उनले दुखेसो पोखे । मुखिया शाहीले अन्न पनि सकिएकाले जोहो गरिदिन गुहार मागेका छन् । ‘चामल पनि सकियो, अब हामीले के खाने, जनतालाई के खुवाउने’, मुखी मैनबहादुर शाहीले गुनासो गरे, ‘खान नपाएपछि जनताले वन समेत मास्न थालिसके ।’

जंगलमै घर

मुखिया शाहीले ओलीलाई जंगलमा नै घर बनाइदिन आग्रह गरेका छन् । ‘हामी जंगलमा नै बस्छौँ, हामीलाई जंगलमा बस्न दिनु पर्यो’, उनले भने । राउटे मुखिया शाहीले चुनावका बेला ५ हजार भत्ता बनाउने आश्वासन दिए पनि पुरा नभएको दुखेसो पोखे ।

‘हाम्रो भत्ता ५ हजार बनाउँछौँ भनेका थिए अहिले भेट्न मान्दैनन्, खोई किन होला ?’, मुखियाले प्रश्न गरे, ‘हामीले ओलीलाई भेट्न पाउँछौँ कि पाउदैनौँ ।’फागुन १० गते आउन तयार भएका राउटेलाई प्रधानमन्त्रीले समय नदिएपछि उनीहरुको समय सर्दै गएको छ ।

काठमाडौँ आउँछौँ

अर्का राउटे दीपक शाहीले आफू आजै गाडी चडेर ओलीलाई भेट्न काठमाडौँ आउने बताए । ‘भेट्न पाउँछौँ कि पाउँदैनौँ, हामी त भोली पर्सी नै आउँछ, आउँछ, पहिले पनि झुक्यायो’, उनले भने, ‘जनता’ भोकै परेका छन्, प्रधानमन्त्रीलाई भेटेर कुरा राख्न पाउनुपर्यो ।’

दैलेखको जंगलबाट फोन गर्दै उनीहरुले प्रधानमन्त्रीलाई भेट्न खोजिए पनि नसकेको गुनासो गरेका छन् । ‘के हामीले ओलीलाई भेटन नपाउने ?’, राउटेका मुखिया मैनबहादुर शाहीले प्रश्न गर्दै भने, ‘ओली प्रधानमन्त्री भएकोमा हामीलाई कति खुसी लागेको थियो, उहाँ त हाम्रा प्रधानमन्त्री हुनुहन्छ भनेर सबै खुसी थिए, भेट्न नदिएको जनता रिसाएका छन् ।’

 

राउटेहरुले भत्ता नपाएकाले जनता भोकै भएको गुनासो दोहोर्याए । ‘भत्ता दिएको छैन, जनता भोकै छ, शेरबहादुरलाई पनि भेट्न पाएन, ओलीलाई पनि भेट्न दिँदैन, हाम्रा जनता किन झुक्याएको, जनताले मान्नेवाला छैनन्,’ उनले आक्रोशित हुँदै भने, ‘हामीले भेटन पाउँछ कि कि पाउँदैन ?’

राउटे शाहीले ओली प्रधानमन्त्री भएपछि खुसी भएका आफूहरु भेट्न नदिएर दुखी बनेको बताए । ‘जनताको भत्ता पनि बढाउँछु भन्थ्यो, त्यो पनि बढाएको छैन’, उनले भने ।

भाञ्जीको पनि गुनासो

राउटे बस्तीमा पुगेकी राउटेकी भान्जी उपनामले परिचित सत्यदेवी खड्का (अधिकारी)ले प्रधानमन्त्रीले भेट्न नदिएको भन्दै राउटेले आफुसँग रोष प्रकट गरेको बताइन ।

‘मैले पो भेट्न दिइन भनेर उनीहरु रिसाएका छन्, मसँगै जान्छु भन्छन्’, उनले सुनाइन्, ‘उता प्रधानमन्त्रीको ‘टाइम’ नै छैन भन्छन् उहाँका सल्लाहकारहरु, म के गरुम् ?’

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राउटेलाई भेटको प्रबन्ध मिलाउने भनेको स्मरण गराउँदै अधिकारीले भनिन्, ‘न विष्णु रिमालको फोन उठ्छ, न अरुले जवाफ दिन्छन् । केही सल्लाहकारहरु असारमा मात्र भेट गराउन सकिन्छ भन्छन्, यता मलाई राउटेले मार्न लागि सके ।’

१४५ मात्रै बाँकी

लोपोन्मुख जातिका रुपमा रहेका राउटे नेपालमा जम्मा १४५ जना मात्रै छन् । जंगलमा फिरन्ते जीवन बिताउने राउटेका जोखिमपूर्ण अवस्थामा छन् । पछिल्लो ६ महिना जन्मिएका ८ जना नवजात शिशुको अकालमा मृत्यु भएको छ । annpurnapost.

प्रतिक्रिया