छानविन गर्न निर्देशन

छानविन गर्न निर्देशन

सुर्खेत, वैशाख २१ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सुत्केरी गराउन क्षेत्रिय अस्पताल सुर्खेत पुगेकी मनिषा सिंहको निधनका विषयमा आवश्यक छानविन गर्न स्थानिय प्रशासनलाई निर्देशन दिनुभएको छ । अस्पताल को लापरवाहीका कारण निधन भएको वताउदै आन्दोलित आफन्तहरुलाई भेटन अस्पताल पुग्नुभएका मुख्यमन्त्री शाहीले छानविनका लागि निर्देशन दिनुभएको हो ।
प्रसुती व्यथा लागेर हिजो क्षेत्रिय अस्पताल पुग्नुभएकी सिंहको आज विहान निधन भएको थियो । कालिकोट घर भएकी सिंहको निधन लगत्तै अस्पताल पुगेका आफन्तहरुले विहान ११ वजे भर्ना गरिएकोमा राती १२ वजे मात्र डक्टरले चेकजाँच गरेको भन्दै अस्पत्तालको लापरवाहीको कारण मुत्यु भएको दावी गरेका   छन् ।
विहान १० वजे क्षेत्रिय अस्पताल पुग्नुभएका मुख्यमन्त्री शाहीले सिंहको निधनका वारेमा अस्पताल प्रमुख डम्वर खड्कासंग जानकारी लिनुका साथै मृतकका आफन्तजनसंग भेट गर्नुभएको थियो । स्वास्थ्य सेवा नागरीकको मौलिक हक भएको वताउदै मुख्यमन्त्री शाहीले सुत्केरी हुन अस्पताल पुगेकी महिलाको मृत्यु हुनु दुखद भएको वताउनुभयो ।
स्वास्थ्यकर्मी र अस्पत्ताल प्रशासनको लापरवाही देखिए कारवाही हुने वताउदै मुख्यमन्त्री शाहीले मृतकका आफन्त तथा परिवारलाई संयमीत हुन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया