सडक निर्माणको जिम्मा लिएका ठेकेदार बेपत्ता

सडक निर्माणको जिम्मा लिएका ठेकेदार बेपत्ता

सल्यान– सल्लीवजार देखि रुकुम चौहरजारी अन्तरर्गत ५ किलोमिटर सडक खण्डको स्तरउन्नती गर्ने कामको जिम्मा लिएका ठेकेदार सम्पर्क विहीन भएका छन् । तत्काल काम सुरु गर्नका लागि निर्देशन दिएको भएपनि ठेकेदार सम्पर्क विहीन भएको सडक डिभिजन कार्यालय दाङ्गका इन्जीनियर राम वहादुर चन्दले जानकारी दिएका छन् ।
सिंग्मा गाल्बाको साझेदारीमा टेन्डर पारेका नरहरी थपलिया समेत ५० लाख पेश्की वुझेर काम प्रति कुनै वास्ता नदेखाएको डिभिजनको भनाई रहेको छ । नरहरी थपलियाले कामको जिम्मा दोस्रो व्यक्ति रामवहादुर विष्टलाई दिएर आफु बेखबर बनेका छन् ।
वर्षायाम लाग्न सुरु हुनै लाग्दा दुवै ठेकदार काम छाडेर भागेको हुन् । सडक निर्माणको सवै काम लथालिङ्ग र छरपस्ट अवस्थामा छ । कामको जिम्मा पाई डवल कटिङ्गको काम भ्याएर ग्रावेल गर्ने समयमा दोस्रो व्यक्ती राम वहादुर विष्ट समेत साईडबाट भागेको डिभिजनको भनाई छ । ११ करोडमा ५ किमी बाटोको स्तर उन्नती र पिचको कामको लागि ०७४ श्रावणमा ठेक्काको ठेकेदार र सडक डिभिजन विच सम्झौता भएको थियो ।
२० प्रतिशत काम नगरि ठेकेदार भागेको स्थानीयको समेत भनाई छ । साइडमा काम गर्ने ज्यामी र मेसिनहरु ठेकदारबाट पैसा नपाउँदा भागेका छन् । स्तरउन्नती गर्ने भनिएको साईडमा काम गर्ने १ स्काभेटर र १ ट्रयाक्टर तेल नभएर थन्किएका छन् । ठेकेदारले काम नगराउँदा बाटोमा ग्रावेल, जाली, नाली र होम पाईपका काम समेत अलपत्र अवस्थामा रहेका छन् । निमार्ण कम्पनीलाई डिभिजनले पटक पटक ताकेता गर्दा समेत अटेरी गरेको र अन्त्यमा सडक डिभिजनले वैंक ग्यारेन्टी जफत गर्ने समेत जनाएको छ । बाटोको काम निक्कै सुस्त गतिमा रहेको र त्यहि काम पनि केहि दिन यता वन्द अवस्थामा रहेको छ ।
५ वर्ष अघि सम्म सोहि सडकको काम अलपत्र अवस्थामा रहि आएको थियो । सो सडकमा काम गर्न आउने निमार्ण व्यवसायीले ठग्दै भाग्दै गर्ने गरेको स्थानीको आरोप छ । काम नगरि भाग्ने ठेकेदारहरुलाई सडक डिभिजनले कारवार्हि गर्न नसक्नु सडक निर्माण सम्पन्न नहुनुको प्रमुख कारण रहेको नागरिकहरुको भनाई छ ।

प्रतिक्रिया