पार्टी एकता संयोजन समितिको बैठक सकियो, एकताको खाकालाई अनुमोदन गर्न दुवै दलको छुट्टा-छुट्टै बैठक बस्दै

पार्टी एकता संयोजन समितिको बैठक सकियो, एकताको खाकालाई अनुमोदन गर्न दुवै दलको छुट्टा-छुट्टै बैठक बस्दै

काठमाडौँ

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन बैठकले बुधबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार नै एकता गर्ने निर्णय गरेको छ ।

सहमति अनुसार दुवै दलका अध्यक्षले संयुक्त रूपमा एकीकृत पार्टीको नेतृत्व गर्नेछन् भने एकीकृत पार्टीको केन्द्रीय समिति करिब ४ सय ४१ सदस्यीय हुने छ। यस्तै त्यसमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना रहने छन्। ४३ सदस्यीय स्थायी समितिमा भने एमालेबाट २५ र माओवादीबाट १८ जना रहनेछन्।

यस्तै संयोजन समितिका सदस्य समेत रहेका एमाले महासचिव इश्वर पोखरेलले ९ सदस्यीय सचिवालय पनि गठन गर्ने सहमति भएको जानकारी दिए। उनको अनुसार अब दुवै दलको छुट्टा(छुट्टै केन्द्रिय कमिटिको बैठक बसेर पार्टी एकता संयोजन समितिको निर्णयलाई पारित गर्नेछन्। त्यसपछि भने दुवै दलको संयुक्त बैठक बसेर निर्णय गरेसँगै नयाँ दल दर्ता गर्न निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ।

प्रतिक्रिया