नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने

          |   प्रकाशित मितिः बुधबार, जेष्ठ १६, २०७५     ::: 104 पटक पढिएको   |  

१६ जेठ, काठमाडौं । नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने भएको छ । अर्थमन्त्री मन्त्रालयले तयार पारेको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुन लागेको जानकारी गराएका हुन् ।

ब्यूरोमा सम्बन्धित क्षेत्रमा योग्यता भएका प्रहरीलाई अधिकार दिएर कार्य सम्पादन गरिने जनाइएको छ ।बजेट वक्तव्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि गरी आधुनिक र व्यवसायी बनाउने उल्लेख गरिएको छ । त्यस्तै, नेपाली सेनाकोसेनाको बंकर र ब्यारेक कार्यक्रमलार्इ निरन्तरता दिइने उल्लेख गरिएको छ ।



Leave a comment

Your email address will not be published.


*