बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा पाँच वर्षको कैद फैसला

बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा पाँच वर्षको कैद फैसला

खोटाङ – १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ निवासी ५६ वर्षीय इवे विश्वकर्मालाई पाँच बर्षको कैद फैसला गरिएको छ । गत बर्षको साउन २८ गते जबरजस्ती करणी गरेको आरोपमा पीडित पक्षले प्रहरीलाई उजुरी दिएकोमा खोटाङ जिल्ला अदालतले सोमबार पाँच वर्षको कैद फैसला सुनाएको हो ।तत्कालै पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको आरोपित बिश्वकर्मालाई न्यायधिश किशोर घिमिरेको इजालसले सो फैलसा सुनाएको अदालतका श्रेस्तेदार प्रदिपकुमार उपाध्यायले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते जिल्ला अस्पताल दिक्तेलमा भएको थियो ।

प्रतिक्रिया