वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको निधन

अस्पतालकै बैठकमा सहभागी हुने क्रममा डा. उपेन्द्र देवकोटा।
काठमाडौँ– न्यूरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ।न्यूरो अस्पतालका प्रमुख कार्यकारी अधिकृत वसन्त देवकोटाका अनुसार न्यूरो सर्जन देवकोटाको सोमबार साँझ ५ बजेर ३३ मिनेटमा निधन भएको हो।
डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए। तर त्यहाँ उपचार सम्भव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने भन्दै गएको वैशाख १५ मा आएका हुन्। त्यसयता उनको न्यूरो अस्पतालमा उपचार हुँदै आएको थियो। उनी पित्त थैलीको क्यान्सरबाट ग्रस्त थिए।
प्रतिक्रिया