११ वर्षिय बालिका माथी जबरजस्ति करणी

११ वर्षिय बालिका माथी जबरजस्ति करणी

गुल्मी – गुल्मीमा ११ वर्षिय नाबालिका जबरजस्ति करणी फरार रहेका एक जनालई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको ईश्मा गाउँपालिका वार्ड नं।२ स्थित ढाडा घर भएका ३९ वर्षिय प्रेमबहादुर कार्कीले ११ वर्षिय नाबालिकालाई जबरजस्ति करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

कार्कीले सोमबार करीब ५ बजेको समयमा सोहि वडाकै ११ वर्षकी नाबालिकलाई ढाडा भन्ने स्थानमा पानी लगाउन गएको समयमा बालिकालाई आफ्नो घरमा लगी जबरजस्ति करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । घटनाका बारेमा परिवारले बुधवार मात्रै स्थानीय प्रहरी चौकी हस्तिचौरमा खबर गरेको प्रहरी जनाएको छ ।

जबरजस्ति करण पछी आरोपित फरार रहेकोले प्रहरी बुधबार राति नै तम्घास धागीथुमबाट पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिए । नाबालिका जबरजस्ति करणी गर्ने कार्की माथी थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए ।

जबरजस्ति करणी पछी बालिकाको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बालिकालाई जबरजस्ति करण गरेको दुइ दिन पछी मात्रै परिवारले प्रहरी कहाँ उजुरी दिएका थिए ।

प्रतिक्रिया