गम्भीर बन्दै डा.केसीको स्वास्थ्य अवस्था

गम्भीर बन्दै डा.केसीको स्वास्थ्य अवस्था

काठमाडौं ।

चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल अवस्थामा पुगेको छ । उहाँले थप उपचार लिन्न सरकारले मेरो ज्यान लिएर ३ करोड जनता माथी खेलबाड गर्ने राजनीति गरिरहेको छ भन्दै सरकारप्रति निकै आक्रोशित हुनुभएको छ । उहाँ २ दिन अघि पनि अचेत र बेहोसी अवस्थामा बरबराउनुभएको उपचारमा संंलग्न चिकित्सकहरुले जनाएका छन् । उपचारमा सलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाईरेक्टर डा।पुजन रोकाय भन्नुहुन्छ–डा.केसीको स्वास्थ्य अवस्था जटिल छ । सुगर अक्सिजनको मात्रा कम छ, छाती र टाउको दुख्ने, वेहोसी, घाटीमा समस्या संक्रमण देखा परेको छ । तर उहाँले कुनै औषधि लिन मान्नुभएको छैन । हामीले जुनसुकै बेला उहाँको स्वास्थ्य अवस्था हेर्दा भेन्टिलेटरमा राख्नुपर्ने पहिचान गरि अनसन स्थलमा भेन्टिलेटर र औषधिहरु तयारी अवस्थामा राखेका छौं ।

यतिबेला निर्दयी सरकार सामु ३ करोड जनताको स्वास्थ्य सेवालाई गुणस्तरिय स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारलाई कानूनी रुपमा व्यवस्था गर भन्ने माग राख्दै १५ दिन देखि जुम्लामा डा।केसी १५ औं अनसनमा हुनुहुन्छ उहाँको जीवन रक्षा गर भन्दै सरकारलाई कडा चुनौति दिँदै शनिवार दिउसो माइतीघर मण्डलामा ओपिडी स्वास्थ्य सेवा संचालन हुनुका साथै चिकित्सक, सर्वसाधारण, बिद्यार्थी लगायतका समर्थकहरुले माइतीघर मण्डलाबाट प्रदर्शन शुरु गरि नयाँ बानेश्वरमा पुगी कोण सभामा परिणत भएको थियो ।

यता शनिवारै बालुवाटारमा सरकाकारको ध्यानाकर्षण गराउन र डा।केसीको समर्थनमा बालुवाटरा घेराउमा पुगेका ३१ जना मानवअधिकारकर्मीहरुलाइ प्रहरीले गिरफ्तार गरेको छ ।

चिकित्सा शिक्षा गुणस्तरिय र विश्वस्नीय बनाउन जथाभावी सम्बन्धन दिनुहुन्न र व्यवस्थित रुपमा चिकित्सा शिक्षाका लागि कानून बनाउनुपर्छ भन्ने माथेमा आयोगको प्रतिवेदन सरकारलाई बुझाएको पनि तिन बर्ष भैसक्यो । सरकारले लगातार डा. केसीसँग कानून बनाउने बिषयमा सम्झौता गर्ने र लत्याउने गर्दै आएको छ ।

डा।केसीको बिग्रदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अनशन स्थलमा इमर्जेन्सी म्यानेजमेन्टका लागि चाहिने सम्पुर्ण उपकरण र औषधीहरु तयारी अवस्थामा राखिएको छ ।

शनिवार बिहानैबाट मुटुको गतिमा असामान्य परिवर्तन देखिएका कारण उपचाररत चिकित्सकहरुको सल्लाह बमोजिम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भेन्टिलेटर र डिफिब्रीलेटर अनशन स्थलमा राखिदिएको हो । साथै इमर्जेन्सी अवस्थामा चाहिने सबै किसिमका औषधिहरु सिरिन्जमा लोड गरी तयारी अवस्थामा राखिएको डा।रोकायले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।

यसैबीच , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा।पुजन रोकायाले विज्ञप्ती जारी गर्दै , डा।केसीले जुम्लामै अनशन जारी राख्न चाहेको अवस्थामा आफुहरु उहाँको उपचार गर्न सक्षम रहेको कुरा जानकारी गराउनु भएको छ ।

१५ औँ दिनमा दुई मुख्य समस्या
सत्याग्रहको १५ औँ दिनमा डा. केसीको स्वास्थ्यमा दुई मुख्य समस्या देखापरेका छन् । रगतमा घट्दो सेतो रक्त कोशिकाको संख्या सँगै डा।केसीलाइ घाटीको संक्रमण देखिएको छ । घाँटी दुख्ने , खसखसाउने , खोकी लाग्ने र आवाजमा सामान्य परिवर्तन पनि भएको छ । तर आफू अनशनमा रहेका कारण कुनै पनि एन्टिबायोटिक्स प्रयोग नगर्ने डा।केसीको अडान छ ।

त्यस्तै स्लाइन पानी दिन खोलिएको नसामा पनि संक्रमण देखिएको छ जसका कारण हात सुन्निएका छन् र त्यसले डा।केसीलाइ दुखाइरहेको छ । सरकारले वार्ता टोली नबनाएको भनी आक्रोशित हुनुभएका डा।केसीले भद्र अवज्ञा स्वरुप शनिवार पनि कुनै पनि स्वास्थ्य जाँच गर्न मान्नु भएको छैन जसका कारण उहाँको स्वास्थ्य अवस्था बारे विस्तृत जानकारी भने लिन सकिएको छैन डा।रोकाय भन्नुहुन्छ ।

त्यस्तै समग्र चिकित्सा क्षेत्रको सुधारका लागि जुम्लामा अनसनरत डा। केसिको बिग्रदो स्वास्थ्य स्थिति प्रति सरकारी चिकित्सक संघ (गोदान) को गम्भीर ध्यानाकर्षण भएको छ । अनसनको १५ दिन बितिसक्दा पनि सरकारी पक्षबाट वार्ता कमिटी गठन नहुनु र अनसन अन्त्य गर्न कुनै ठोस कदम नचालिनु बाट सरकारको निरिहता प्रष्ट हुन्छ ।

सत्य र निष्ठाका अभियन्ताको जीवनरक्षाका लागि अविलम्ब वार्ता कमिटी गठन गरेर काठमाडौं एवं जुम्लामा समेत सार्थक वार्ता गर्न गोदान जोडदार माग गर्दछ । चिकित्सा शिक्षा सुधारका लागि ज्यानको आहुति दिन तत्पर डा केसिको निष्ठावान व्यक्तित्वको कदर गर्दै सम्बन्धित पक्ष संवेदनशील हुन यो संघ माग गर्दछ ।

त्यसैगरी नेपाल प्रगतिशील चिकित्सक संघका का।वा अधयक्ष डा. कृष्णसागर शर्मा र राष्ट्रिय चिकित्सक संघ, नेपालका अध्यक्ष डा।सन्तोष पौडेलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा डा।केसीको मागको एकेबद्धता जनाउँदै उहाँको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया