केन्द्र नछाड्ने कर्मचारीको तलब गाउंमै पठाइने

केन्द्र नछाड्ने कर्मचारीको तलब गाउंमै पठाइने

काठमाडौं
सरकारले चालू आर्थिक वर्षदेखि स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउ“बाट नै तलब पठाउने भएको छ । कर्मचारी काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाका गाउ“पालिका, नगरपालिका नगएर हैरान बनाएपछि मन्त्रालयले सरुवा भएका कर्मचारीको निम्ति यस्तो व्यवस्था गरेको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार सरुवा भएका कर्मचारी स्थानीय तहमा जान नमानेको र गएका कर्मचारीसमेत केही दिनभित्र केन्द्र नै फर्किने गरेकोले सम्बन्धित ठाउ“बाटै तलब पठाउन थालिएको हो ।

‘पारिश्रमिक पठाउ“दा कर्मचारी अनिवार्य जाने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो ।’–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भन्नुभयो । यसअघि केन्द्रका कर्मचारी सरुवा भए पनि कर्मचारीले पहिलेकै कार्यालयबाट पारिश्रमिक बुझ“दै आएका थिए । मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहमा कर्मचारीलाई केन्द्रबाट पठाइदै आएको छ । निकै प्रयास गरे पनि केन्द्रका कर्मचारी स्थानीय तहमा खटाउन नसकिएको मन्त्रालयले जनाएको छ ।

‘एक वर्षको अवधिमा मन्त्रालयले खटाएका कयौं कर्मचारी स्थानीय तहमा नगई केन्द्रै बसेर तलब लिइरहेको देखिन्थ्यो भने कोही सरुवा भएको कार्यालय एक एक दुई दिन बसेर फर्किने गर्दथे ।’ प्रवक्ता अधिकारीले भन्नुभयो । जुन ठाउ“मा कर्मचारी खटाइएको हो, सो ठाउ“मा कर्मचारीको तलब पठाएमा खटाइएको ठाउ“मा हाजिरी गर्न जान बाध्यता रहने मन्त्रालयको बुझाइ छ ।

मन्त्रालयले यसपटक स्थानीय तहमा कर्मचारी पठाउन कडाई गरेको छ । अहिले ७ सय ५३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भए पनि योजना तर्जुमा गर्ने ,लेखा, कानून सम्बन्धी बुझेका अधिकृत, खरिदार र सुब्बा तहका कर्मचारी खासै पुगेका छैैनन् ।

गत चैत १४ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले ५७ हजार ३ सय ५४ कर्मचारी स्थानीय तहमा पठाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले स्थानीय तहको अन्तरिम संगठन, संरचना तथा दरबन्दीको प्रस्ताव गरी सो निर्णय गरे पनि कर्मचारी स्थानीय तहमा जान अटेर गर्दै आएका छन् । यसले गर्दा सञ्चालनका लागि दिइएको बजेट खर्च हुन नसकेको र कर्मचारी समायोजनमा समस्या देखिएको निष्कर्ष छ ।

प्रतिक्रिया