एक तिहाइ बालबालिकाले पाउँदैनन् पूर्ण स्तनपान

एक तिहाइ बालबालिकाले पाउँदैनन् पूर्ण स्तनपान

सन्दर्भ : विश्व स्तनपान दिवस

काठमाण्डौ- आज विश्व स्तनपान दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालमा यो दिवस जनचेतनामूलक कार्यक्रम गरी साताव्यापी रुपमा मनाईंन्छ । नेपालमा हरेक आमाले आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै स्तनपान सप्ताह मनाउन थालिएको हो । यस वर्षको नारा ‘स्तनपान स् जीवनको आधार’ राखिएको छ । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौती दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ ।

दुई–तिहाई बालबालिकाहरुलाई पूर्ण रुपमा स्तनपान

नेपालमा ६ महिना भन्दा मुनिका एक तिहाई बालबालिकाले पूर्ण स्तनपान पाउँदैनन् । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ मा नेपालका दुई–तिहाई बालबालिकाहरुले मात्रै पूर्ण स्तनपान गर्न पाउने उल्लेख छ ।

सर्वेक्षण नेपालको पुरै प्रतिनिधित्व हुने गरी ११ हजार ४० छनौट भएका थिए । ती घरपरिवारबाट १५–४९ वर्षका १२ हजार ८ सय ६२ जना महिला र सर्वेक्षण भएका घरपरिवारमध्ये आधा घरपरिवारबाट १५–४९ वर्षका ४ हजार ६३ जना पुरुषहरुलाई अन्तरवार्तामा समावेश गरिएको थियो । यी मध्ये ९८ प्रतिशत महिला थिए ।जून १९, २०१६ देखि जनवरी ३१, २०१७ सम्म गरिएको सर्वेक्षणका क्रममा नेपालमा ९९ प्रतिशत बालबालिकाहरुलाई कुनै न कुनै समयमा स्तनपान गराईएको पाइयो । तिमध्ये एक तिहाई बालबालिकाले भने पूर्ण स्तनपान पाएनन् ।

भने ४५ प्रतिशत बालबालिकाले जन्मेको एक घण्टाभित्र स्तनपान गर्न नपाएका पनि सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणमा भनिएको छ, ‘आधा भन्दा बढी९५५ प्रतिशत० बालबालिकाहरुलाई जन्मेको एक घण्टा भित्र नै स्तनपान गराईएको पाइयो ।’दश बालबालिकाहरुमध्ये तीन जनालाई आमाको दूध मात्र खुवाउने पर्ने अवधिमा अन्य खानेकुरा पनि खुवाईएको थियो, जुन खुवाउन स्वस्थवर्दक हुँदैन । चिकित्सकले सिफारिस पनि गर्दैन ।

विश्व स्वास्थ्य संगठनको अनुसार ६ महिनासम्मका बालबालिकाहरुलाई पूर्ण रुपमा स्तनपान गराउनु पर्दछ । नेपालमा ६ महिना भन्दा मुनिका दुई–तिहाई बालबालिकाहरुलाई मात्रै पूर्ण रुपमा स्तनपान गराउने गरिएको पाईएको छ ।

तीन वर्षभन्दा मुनिका बालबालिकाहरुलाई औसतमा ३०।५ महिनासम्म स्तनपान गराइएको पाईएको छ भने पूर्ण रुपमा स्तनपान ४।३ महिनासम्म मात्र गराईएको पाईएको छ । बालबालिकाहरुलाई कुपोषणको जोखिमबाट जोगाउन ६ महिना पूरा भएपछि पुरक आहार खुवाउन शुरु गर्नुपर्दछ । नेपालमा ६ देखि ८ महिनाका बालबालिकाहरुमा ८३ प्रतिशतलाई स्तनपानको साथै पुरक आहार पनि खुवाउने गरेको पाईएको छ । mahila khabar

प्रतिक्रिया