किशोरीलाई आइरन चक्की वितरण

किशोरीलाई आइरन चक्की वितरण

भदौ ८, दैलेख
१० वर्षदेखि १९ वर्ष उम्मेर समूहका जिल्लाका २९ हजार ५ सय ९१ किशोरीहरुलाई आईरन चक्की बितरण गरिएको छ । पछिल्लो समय किशोरीहरुमा रक्तअल्पता बढ्दै गएको भन्दै यसबाट जोगाउन आईरन चक्की वितरण गरिएको हो । सन २०११ मा गरिएको सर्वेक्षणमा ३९ प्रतिशत भएको पाइएको र सन २०१६ अनुसार नेपालमा ४४ प्रतिशत किशोरीमा रक्तअल्पता भएको पाइएपछि आइरन चक्की वितरण जिल्ला जनस्वास्थ्य कार्यालयका डा. निरन्जन पन्तले बताए ।
जिल्लाका ७ गाउँपालिका र ४ नगरपालिका २९ हजार ५ सय ९१ जना किशोरीहरुलाई आइरन चच्की बितरण गरिएको हो । महिनावारी हुँदा रगत बढी बगेर किशोरीहरुमा रक्तअल्पताको समस्या हुने भएकाले रगतको कमि न्यूनिकरण गर्ने उद्देश्यले किशोरीहरुलाई आइरन चक्कि खुवाउने अभियान नारायण नगरपालिका दैलेखका स्वास्थ्य इकाइ प्रमुख लाल बहादुर खड्काले बताए ।

स्वास्थ्य चौकी भवानीका इन्र्जाज नमराज सुबेदीका अनुसार जिल्लाको ७ गाउँपालिका र ४ नगरपालिकामा विद्यालयका विद्यालयले तोकेका फोकल पर्सन र वडा कार्यालयमा महिला स्वास्थ्य स्वयम सेबिका मार्फत प्रत्येक ३-३ महिनाको फरकमा आईरन चक्की खुवाइने बताए । जिल्लामा रहेका १० वर्ष देखि १९ वर्षका किशोरीहरुलाई हप्तामा एक चक्की लगातार १३ हप्तासम्म आइरन चक्की र फोलिक एसिड खुवाइनेछ । आईरन चक्की खुवाउनका लागि बिद्यालयका शिक्षक र महिला स्वास्थ्य स्वयम सेविकालाई प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरी उक्त कार्य सम्पन्न भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया