म्यानमारका राष्ट्रपति वीन मिन्ट काठमाडौँ आइपुगे

ज्वाला संदेश २०७५ भदौ १२ गते ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति वीन मिन्ट मंगलबार काठमाडौं आइपुगेका छन् ।
राष्ट्रपति वीन विमानस्थलबाट सोझै सोल्टी होटल गएका छन् । वीन मिन्ट सवार विशेष विमान दिउँसो २ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।राष्ट्रपति मिन्टलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका थिए ।
उनी काठमाडौँ उत्रनु आधा घण्टा अघि नै महानगरीय ट्राफिक प्रहरी महाशाखाले गौशालादेखि, त्रिभुवन विमानस्थल, तीनकुने र नयाँ वानेश्वर हुँदै कलंकीसम्म सवारीलाई दुईतर्फी अवरुद्ध गरेको थियो । विमस्टेकको चौथो सम्मेलनमा भाग लिन आउने उनी पहिलो विशेष पाहुना हुन ।
प्रतिक्रिया