५२ दिनमा मुलुकभर २ सय २५ चेली बलात्कृत

५२ दिनमा मुलुकभर २ सय २५ चेली बलात्कृत

काठमाडौं । महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कारका प्रयास भएको उजुरी परेको छ। साउन १ देखि भदौ २५ सम्म काठमाडौंमा मात्र बलात्कारका २८ घटना भएका छन्। त्यस्तै, ललितपुर र भक्तपुरमा सात सात घटना भएको  छ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएयता ५२ दिनमा मुलुकभर २ सय २५ भन्दा बढी चेली बलात्कृत भएका छन्। ‘दिनमा चारदेखि पाँच महिला बलात्कृत भइरहेका छन्,’ प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘यकिन रिपोर्ट अझै संकलन गर्दै छौं।’  नयाँ पत्रिका

प्रतिक्रिया