निर्मलाका आमाबाबुले प्रधानमन्त्रीलाई भेटेर के भने ?

निर्मलाका आमाबाबुले प्रधानमन्त्रीलाई भेटेर के भने ?

–ज्वाला संदेश–

काठमाडौं, १ असोज ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लगभग दुई महिना हुन लाग्यो । घटनाको छानबिन भएपनि अपराधी अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले सुरुमा मानसिक सन्तुलन ठीक नभएका दिलिपसिंह विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गर्यो । तर, डिएनए परीक्षणपछि उनी दोषी ठहरिएनन् ।

घटनाको निष्पक्ष छानविन गर्न प्रहरी प्रधान कार्यालयले आइतबार मात्रै डिआइजीको संयोजकत्वमा शक्तिशाली समिति बनाएको छ ।

यसैबीच तिनै निर्मला पन्तका आमाबाबुले सोमबार हत्याराको कारबाहीको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आज निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज अधिकारकर्मीहरुसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीहरुले भेटमा घटनाको पूरा विवरण प्रधानमन्त्रीलाई सुनाए । आफूहरु कञ्चनपुरमा रहँदा न्याय नपाएको भन्दै काठमाडौं आउन बाध्य हुनुपरेको उनीहरुको भनाइ थियो । निर्मलाकी आमाले प्रधानमन्त्रीलाई भनिन्, ‘हामीले न्याय पाउने कि नपाउने रु’

उता प्रधानमन्त्री ओलीले घटनामा संलग्नलाई कारबाही गरिने आश्वासन दिए । ‘निर्मला हाम्री पनि छोरी हो र यस्तो घटना भोलिका दिनमा नहोस्,’ उनले भने । उनले घटनालाई ढाकछोप पार्न नखोजिकएको समेत स्पष्ट पारे ।

घटनाको निष्पक्ष छानविन गर्न प्रहरी प्रधान कार्यालयले आइतबार मात्रै डिआइजीको संयोजकत्वमा शक्तिशाली समिति बनाएको छ र

प्रतिक्रिया