निर्मला पन्तको न्यायको ढोका कति दिन बन्द ?

निर्मला पन्तको न्यायको ढोका कति दिन बन्द ?

उनको लास यहाँ छैन । श्वास मात्र हाम्रो वरीपरी घुमिरहेको छ । हाम्रा प्रत्येक पाइलामा शक्ति बनेर आएकी छन् । न्याय दिने भनेर बसेकाहरुले उनलाई किन अन्याय गरेका छन ? आज देशमा मानिसले गर्ने व्यवहार मानवताको नाता कमै रहेको महसुस भएको छ । अधिकारकर्मीहरुले सत्यका निम्ति बगेका बलिन्द्रा आँशुका धाराले न्याय कहिले दिलाउँछ ? हामीले निर्मला पन्तको हत्यामा रहेका सवैलाई नियालि रहेका छौं । उखुवारीमा ढलेका दिनदेखि उनको घरपरिवार लगाएत अधिकारवालाहरुको न रातमा निन्द्रा छ । न पेटमा भोक छ ।
न्यायको लागि सडकबाट आवाज उठाईरहेका छन् । अहिले निर्मला भगवानको काखमा छीन । उनले त्यँहा सुरक्षाको महसूस गरेकी छन् । सत्यका निम्ति अनगिन्ति पाइलाहरु अघि बढी रहेका छन् । तर अहिलेसम्म न्याय पाउन सकेका छैनन् । निर्मलाले पनि आमालाई मीठो मसिना खुवाउने ठूलो मानिस भई देश र समाजको सेवा गर्ने मन थियो । त्यो सवै समना अधुरो नै रह्यो । सरकारले घरपरिवारको पीडालाई शक्तिमा बदलि प्रेरणा बन्नुको साटो उल्टै दण्डहिनताको परिस्थिति सृजना गरिरहेको छ । अहिलेसम्म न्यायलयका आँखा र कान बन्द गरिएका छन् । 

निर्मला जस्ता हजारौं नारीहरुल सडकबाट न्यायको लागि चिच्याईरहेका छन् । त्यसको ठिक उल्टो दिन प्रतिदिन महिला हिंसा, बलत्कार, एसिड प्रहार लगाएतका थुप्रै घटनाहरु बढ्दै गएको छ । न्याय र अन्याय घाम पानी जस्तै छर्लङ्ग देखिने बस्तु हो । बादल भित्रको काग जस्तै बनाईएको छ ।
“ठूलालाई काखा सानालाई पाखा” बनाउने प्रवृत्तिका कारण आज निर्मालाको न्याय हुन सकेको छैन । हाम्रो देशमा न्याय माग्नु पनि भिख मागेझै गर्नुपर्ने आवस्था आएको छ । न्यायका आवाजहरु वाहिर सडकमा गुञ्जायमान गुञ्जिरहेका छन् । सरकार भने घटनाको छानविनमै रुमल्लि रहेको छ । मानव नाममा परिचित दानव व्यवहारले गर्दा आज निर्मला जस्ता हजारौं नारीहरु घरदेखि सार्वजनिक स्थाल सम्म असुरक्षित छन् ।
निर्मला नारी भएकै कारण यस्तो स्थिति आयो । न्याय दिने ठाँउबाटै अन्यायमा परेकी छिन् । देशमा न्याय पाउनकै निम्ति नारा जुलुस र ठूला वडाको पाँउ पर्नु पर्ने परिपाटीको जस्ताको तस्तै छ । किन निर्मलालाई बालकपनमै स्वर्गमा पु¥याईयो ? राक्षसको हातमा परेका पछि कस्को के लाग्दो रहेछ ? यस विषयमा किन सरोकारवाला निकाय मौन बसेका छन ? एउटा मारेर फालेको पशुले त कानुन अनुसार न्याय पाउँछ भने निर्मला मानव हुँन । किन अन्यायमा गरिएको छ ? कति निर्दयी छन, ठूला बडाको हृदय । कलिला मूनालाई चुडेर फाकिदिदा पनि कुल्चिएर हिड्छन ?
तपाईहरुका पनि निर्मला जस्ता नानी बावु छन् ।

ती मेरो जस्तो कसैले हालत बनाइदियो भने चुप लागेर बस्न सक्नु हुन्छ ? हैन भने निर्मलाका आफ्न्तलाई न्याय दिन ढिलाई ? बलत्कारी भनेको विशुद्ध अपराधी हो । त्यसैले यस्तो घटनामा संलग्नहरुलाई कानूनी दायरामा उभ्यानु पर्छ । तर हत्यारालाई उम्काउनु भनेको फद्दी ज्यूँदो लाश सो सरह नै हो । निर्मलाका हत्यारालाई न्याय दिएको भए आज सिङ्गो निर्मला जस्ता अन्यामा परेका हजारौं नारीहरुको मृत आत्मले शान्ति पाउने थियो । त्यसैले निर्मलाका घरपरिवारलाई शान्ति र न्यायको अनूभुति दिन सक्नु पर्छ । त्यसपछि हाम्रो समाजका अगाडी नेपाल न्याय भएको देश हो भनेर प्रमाणित हुने छ । निर्मला पन्तको लाश यहाँ नभए पनि श्वासलाई विश्वास गरि उनकोे आत्माको बुझेर न्याय दिन सक्नु पर्छ । घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सक्नुपर्छ ।

प्रतिक्रिया