‘समय विउझियो, विकास हुन्छ’ – शाही

‘समय विउझियो, विकास हुन्छ’ – शाही

चामुण्डा (दैलेख) ।
विकास निर्माणलाई त्रिव गति अघि बढाउने चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले बताएका छन । राममाड कृषि साना किसान कृषि सहकारी संस्थाका दैलेखको प्रथम साधारण सभाको उद्घाटन गर्दै यस्तो बताएका हुन ।  ‘हिजो समय निन्द्रामा थियो’ अहिले आएर समय विउझिएको छ ।’ ‘अब विकास हुन्छ ।’ उनले भने–‘जनताले सहि ठाउँमा मतदान गरी समयलाई विउझाएका हुन ।’ ‘समय आफै विउझिएको होइन ।’ उनले भने,–‘समय हिजो पनि थयो ।’ जनताका माझ निर्वाचनको समयमा गरिएका प्रतिवद्धताहरु पुरा गर्ने प्रतिवद्धता जयार गर्दै विकास निर्माणमा सबैले आ–आफनो स्थानबाट सहयोग गर्न आग्रह समेत गरे ।

राज्य एक्ले मात्र विकास निर्माणलाई दु्रत गति दिन सक्दैन ।’–‘विकासका लागि सबैको साझा प्रयास हुनुपर्छ । उनले भने,– बालबालिकाको भविष्य सुन्दर बनाउनका लागि चामुण्डा माध्यमिक विद्यालयमा तीन वर्षे कृषि बाली विज्ञान संचालनमा ल्याएको उनले बताए । नगर–प्रमुख शाहीको चुनावी घोषणा पत्रमा चामुण्डालाई शैक्षिक बनाउने प्रतिवद्धता अनुरुप नै चामुण्डा माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान संचालन गरिएको हो ।

‘तपाईका बालबालिकाहरु घरमै बसेर आई.एस. सी.ए.जी अध्ययन गर्दै कमाउन सक्छ ।’ उनले भने–चालु आर्थिक वर्षमा नगरपालिकाले कृषि वाली विज्ञान संचालनका लागि ३५ लाख बजेट विनियोजित गरिएको उनले बताए ।  साथै कृषिलाई क्षेत्रको विकास लागि रामगाड साना किसान सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गर्न उनले सुझाव दिए । नगरपालिकाले पनि कृषि सहकारी मार्फत कृषि सम्बन्धी गतिविधिलाई अघि बढाईने बताए ।
साथै चामुण्डाविन्द्रासैनी नगरपालिकाका कार्यपालिका सदस्य दिनेश विकले रामगाड सहकारीले कृषि क्षेत्रमा राम्रो गरेको प्रसंशा गर्दै आगामी जनताको बीचमा लोकप्रिय काम गर्न सुझाव दिए ।  सहकारीले आव ३०७४/०७५ मा कुल ५० हजार १०६ रुपैयाको कारोबारो गरिएको रामगाड साना किसान कृषि सहकारीका संस्थाका प्रवन्धक निरकबहादुर शाहीले जानकारी दिए । सहकारीले आगामी ५ वर्षे रणनीति बनाएको उनले बताए । त्यही नीति भित्र कृषि क्षेत्रमा काम गर्ने प्रतिवद्धता समेत जनाईएको छ ।

राममाड साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मी विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा स्थित राजनीतिक दल, बुद्धिजिवी, समाजसेवी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया