एसपी विष्टलाई बर्खास्त गर्नुमा गृहले दियो १४ कारण

एसपी विष्टलाई बर्खास्त गर्नुमा गृहले दियो १४ कारण

काठमाडौँ, – गृहमन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विटष्लाई बर्खास्त गर्नुको १४ कारण दिएको छ ।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यापछि निलम्बनमा परेका एसपी विष्टलाई बर्खास्त गर्नुको कारण खुलाएको हो ।प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले बिहीबार विष्टसहित प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई बर्खास्त गरेको छ । विष्टसँगै बर्खास्तमा परेका भट्ट वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरका प्रमुख हुन् ।

यस्तो छ विष्ट र भट्टलाई बर्खास्त गर्नुको १४ कारण :

निर्मलाको बलात्कारपछि हत्या काण्डको प्रारम्भिक अनुसन्धानमा चरम लापरबाही गरेको,

-पीडितका आफन्त र सरोकारवालाबाट प्राप्त गुनासोको उचित सम्बोधन गर्न नसकेको,

-प्रमाण लोप गरेको,

-घटनामा सम्बन्धित जिल्ला प्रमुखले सन्दिग्ध भूमिका खेलेको,

-स्थलगत अध्ययन गर्दा चरम लापरबाही गरेको,

-गैर व्यवसायिक र गैर जिम्मेवारीपूर्ण व्यवहार गरेको,

-अनुसन्धानका सामान्य कानुनी व्यवस्था समेत पालन नगरेको,

-तत्काल प्रहरीबाट अनिवार्य रुपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा लापरबाही गरेको,

-बलत्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने वस्तु र भित्री वस्त्र पानीमा चोपलेको,

-गुप्ताङग र तिघ्रा पखालेको,

-तत्काल नेपालमै नरहेका मृतकका बाबुको दस्तखत गराइएको,

-मृतकको शव अन्त्यष्टी गर्न पीडित परिवारलाई अनावश्यक प्रभाव, दबाब र धम्की दिएको,

-सुरक्षा कारबाहीका सिलसिलामा “Gradual Response and use of minimum force” (कम बल प्रयोग गर्ने सिद्धान्त नअपनाएको)

-प्रहरीको व्यवहार र कार्यशैलीका कारण आम नागरिक तथा पीडित परिवारका सदस्य विश्वस्त हुन नसकेको। dainik nepal.

प्रतिक्रिया