पूर्णसरसफाई समिति गठन

पूर्णसरसफाई समिति गठन

दैलेख कात्तिक १३ ।
यहाँको दुल्लु नगरपालिका वडा नं. १ मा पूर्णसरसफाई समिति गठन गरिएको छ । उक्त वडालाई पूर्ण सरसफाई उन्मुख तथा सरसफाई युक्त वडा बनाउने कार्यक्रमलाई प्रभावकारी बनाउन समिति गठन गरिएको हो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको द्धारा सञ्चालित एकीकृत जलस्रोत ब्यवस्थापन कार्यक्रमद्धारा आयोजित सरसफाई स्वच्छता कक्षाबाट उक्त समिति गठन गरिएको हो । कक्षामा वडालाई पूर्णसरसफाई उन्मुख तथा सरसफाई युक्त वडा बनाउन स्थानीयबासीले पूर्णसरसफाईका सूचकहरू पुरागर्न सरसफाई स्वच्छता कक्षा समेत सञ्चालन गरिएको थियो ।
कक्षामा तल्लो डुङ्गेश्वर बजारमा रहेको नमूना बादी बस्तीमा खानेपानीको अभावबारे छलफल गरिएको छ । खानेपानीको अभाव भएका कारण स्थानीयबासीले शौचालयको प्रयोग नगरि खोलाखाल्सा र नदि वरपर दिसापिसाब गर्ने गरेको पाइएको छ ।

यसको रोकथाम गर्नुका लागि पहल गर्नेबारे छलफल गरिएको एकीकृत जलस्रोत ब्यवस्थापन कार्यक्रमका ललिता कुमार भण्डारीले जानकारी दिनुभयो । त्यसका साथै डुङ्गेश्वर बजारबाट निस्कने फोहोर जन्यबस्तुलाई ब्यबस्थापन गर्ने विषयमा छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया