लगनशील किसानलाई श्रोतको अभाव हुँदैन्

लगनशील किसानलाई श्रोतको अभाव हुँदैन्

दैलेख मंसिर ५ ।
नारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष रेशमबहादुर थापाले लगनशील किसानका लागि श्रोतको अभाव नहुने बताउनुभएको छ । रिजम–एफ–पीको सहयोगमा सतप्रतिसत प्रगतीशील सहकारीको व्यवसायिक तरकारी खेती तथा प्रविधि विकास उप–आयोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो ।
रिजम–एफ–पीको लगानीले नपुगे गरिखाने किसानलाई आफूले पनि वडाको बजेटबाट सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । कृषिमा लगानी बढाउन र श्रोत खोज्न म तयार छु तर किसानहरु तयार हुनुप¥यो वडाध्यक्ष थापाले भन्नुभयो ।
कार्यक्रममा रिजम–एफ–पीका अनुगमन अधिकृत अनिल चौधरी, पूर्व वडाध्यक्ष दीपक थापा, सतप्रतिसत प्रगतीशील सहकारीका अध्यक्ष बखत नेपाली, सचिव हर्कबहादुर नेपाली, कोषाध्यक्ष खगिसरा सुनार, सदस्य प्रेम भूर्तेल, अगुवा कृषक चन्द्रबहादुर थापाले पनि उपआयोजनाको महत्व बारे बोल्नुभएको थियो ।
आगामी चैतमा सकिने गरी रिजम–एफ–पीले १३ लाख ७ हजार ४ सय १२ रुपैंयाँ अनुदान र सतप्रतिसत प्रगतीशील सहकारी तथा किसानहरुको झण्डै १८ लाख श्रमदानमा व्यवसायिक तरकारी खेती तथा प्रविधि विकास उपआयोजना सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया