आज नेपाली राष्ट्रिय झण्डा दिवस

काठमाडौं । आज नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्याक्रम गरी मनाइने भएको छ ।२०६२ साल पुस १ गते १६ डिसेम्वर संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै आज राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको हो ।
‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज आइतबार नेपाली राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको कार्यक्रम संयोजक श्याम बजगाईले बताए । बजगाईका अनुसार अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो ।
सामाजिक सञ्जाल फेसबुक लगायतको माध्यमबाट नेपाली झण्डा बोकेर काठमाडौँको बसन्तपुरमा भेला हुन सबैलाई आग्रह गरिएको महाअभियानले जनाएको छ ।
प्रतिक्रिया