मध्य पश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार मल्लको पक्षमा अन्तरिम आदेश

मध्य पश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार मल्लको पक्षमा अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले मध्य पश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा महेन्द्र मल्ललाई गरेको निलम्बन रोक्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीस डम्बर बहादुर शाहीको एकल इजलासले यस्तो फैसला गरेको हो । विश्वविद्यालयको सिनेटले वर्खास्त गरेका मल्लले दायर गरेको रिटमा सुनुवाई गर्दै यस्तो फैसला सुनाएको हो ।

गत मंसिर २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले रजिष्ट्रार मल्ललाई निलम्बन गर्ने निर्णय गरेको थियो । सोही दिन रजिष्ट्रारमा यामबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय पनि गरिएको थियो ।नेपाली काँग्रेस निकट मानिएका मल्ललाई निलम्बन गरी नेकपा निकट मानिएका कार्कीलाई पदमा राख्न खोज्ने सिनेटको योजना अदालतको आदेशसँगै तत्कालको लागि रोकिएको छ ।कार्की त्रिभुवन विश्वविद्यालय, केन्द्रीय स्वास्थ्य विभागका सह–प्राध्यापक हुन् । त्यहीँबाट उनी काजमा त्रिविकै शिक्षाशास्त्र संकायमा डिन थिए।

नेपाल प्रजातान्त्रिक प्राध्यापक संघका सचिव विष्णुप्रसाद पोखरेलले मध्यपश्चिम विश्वविद्यालयमा हुन लागेको राजनीति अदालतको आदेशले रोकिएको बताएका छन् । उनले विश्वविद्यालयका कूलपतिले पार्टीगत रिसिईबिका कारण उनलाई निलम्वन गर्न सिफारिस गरेको आरोप समेत लगाए ।

प्रतिक्रिया