डकर्मी तालिम सुरु

डकर्मी तालिम सुरु

दैलेख पुस १७ ।
दैलेखको नारायण नगरपालिकाले डकर्मी तालिम संचालनमा ल्याएको छ । नगरपालिकाले भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयन तथा भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी सात दिने डकर्मी तालिम सुरु गरको हो । नारायण नगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) ले संयुक्त रुपमा आयोजना गरेको तालिम यही पुस १६ देखि २२ सम्म चल्ने नगरपालिकाले जनाएको छ । तालिमको नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्का सोमवार उदघाटन गरे । तालिममा नारायण नगरपालिकाका विभिन्न वडाका २४ जना डकर्मीहरू सहभागि छन् ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख खड्काले तालिममा सहभागी डकर्मीहरूले आफ्नो क्षेत्रमा निर्माण हुने सम्पूर्ण संरचनाहरू भूकम्प प्रतिरोधात्मक बनाउन सुझाव दिए । नगर प्रमुख खड्काले तालिमबाट सहभागीहरूको क्षमता अभिवृद्धि हुनुका साथै आर्थिक स्तर उकास्ने अपेक्षा गरे । प्रमुख प्रकाशकीय अधिकृत जगत बहादुर बस्नेतले तालिमबाट सुरक्षित भवन निर्माण हुनुका साथै रोजगारीका अवसर सिर्जना हुने धारणा राखे । उक्त कार्यक्रममा नारायण नगरपालिकाको तर्फबाट ईन्जिनियर हिक्मत रोकाय तथा एनसेटको तर्फबाट सागर अचार्य, बालकृष्ण लम्साल र जगदिश बिष्ट लगायतले सहजीकरण गर्ने बताइएको छ ।

प्रतिक्रिया