प्रधानन्यायाधीश जबराले गरे पदबहाली

प्रधानन्यायाधीश जबराले गरे पदबहाली

पुस १८, काठमाडौँ – नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबहाली गरेका छन् । शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि जबराले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई सर्वोच्चमा न्यायाधीश, कर्मचारीलगायतले स्वागत गरेका थिए ।

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ लिएका छन्। शितल निवासमा बुधबार बिहान एक समारोहबीच जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्। उनी मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएका थिए।

सुनुवाइका क्रममा प्रधानन्यायाधीश जबराले न्यायपालिकामा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाए। उनले न्यायसम्पादन क्रममा सौतेनी आमाको हकअधिकार, वैदेशिकरोजगार, जग्गाको अधिकार, पर्वतारोहणको प्रामाणिकता विवाद र जबर्जस्ती करणी अभियोगमा हदम्याद बढाउने विषयमा आफूले विधिशास्त्रीय मान्यता स्थापित गरेको दाबीसमेत गरेका छन्। प्रधानन्यायाधीश जबराले आजै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ।
२०१४ मंसिर २८ गते जन्मेका जबरा २०३६ मंसिर ६ देखि कानुन व्यवसायमा प्रवेश गरेका हुन्। २०३९ सालदेखि २०४९ सम्म तत्कालीन काठमाडौं नगरपञ्चायतको कानुनी सल्लाहकार रहेकाजबरा २०५२ को चैत मसान्तसम्म कानुन व्यवसायमा सक्रिय थिए। त्यसपछि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भए। पुनरावेदन तहमा रहँदा ४ हजार ५ सय मुद्दा फैसला गरेका उनले २०७१ जेठ १३ गते सर्वोच्चमा न्यायाधीश भएपछि हालसम्म ६ हजार ४३८ मुद्दा फर्स्योट गरे। kantipur

प्रतिक्रिया