खेतीयोग्य जमिन बाँझो राखे तीन लाखसम्म जरिवाना

खेतीयोग्य जमिन बाँझो राखे तीन लाखसम्म जरिवाना


काठमाडौँ माघ ४। जग्गाको कित्ताकाट खोलिएको एक साता नबित्दै सरकारले भू-उपयोग सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ । जस अन्तर्गत खेतीयोग्य जमिन बाँझो राखे तीन लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

संसदबाट सो विधेयक सोझै पारित भए खेतीयोग्य भूमि तीन वर्षसम्म बाँझो राख्नेले जरिवाना तिर्नुपर्नेछ । खेतीयोग्य जग्गालाई कुनै व्यक्तिले लगातार तीन वर्षसम्म बाँझो राख्यो भने सोले जरिवाना तिर्नुपर्नेछ यदि जरिवाना तिर्न सकेन भने त्यो जग्गा छाड्नुपर्ने व्यवस्थासमेत विधेयकमा
राखिएको छ । जरिवानाको व्यवस्था कडा रहेका कारण जग्गा छाड्नुपर्ने अवस्थासमेत आउन सक्ने बताइएको छ ।

तर स्थानीय सरकारहरूलाई जानकारी दिएर उचित कारण देखाउदै जग्गा बाँझो राख्न पाइने व्यवस्था विधेयकमा उल्लेख छ । विधेयकमा व्यवस्था गरिएका प्रावधान विपरीत कार्य गर्नेलाई तीन लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको हो ।

प्रतिक्रिया