कानूनी शिक्षा अभिमुखीकरण

कानूनी शिक्षा अभिमुखीकरण

दैलेख माघ १४ ।
अक्सफाम नेपालको सहयोगमा एभरेष्ट क्लवले सञ्चालन गरेको महिला तथा बालिका माथि हुने हिंसा अन्त्यका लागि अभियान क्रेटिङ्ग स्पेस परियोजनाले कायक्षेत्र नौमूले गाउँपालिकाका ३ वडा र आठबीस नगरपालिका २ वटा वडाका जनप्रतिनिधिहरु, सामुदायिक छलफल केन्द्रका सदस्यहरु र सहजकर्ता समेतलाई कानूनी शिक्षा दिएको छ ।
नेपालको संविधान, मुलुकी सहिंता ऐन, महिला हिंसा बिरुद्धको ऐन र घरेलु हिंसा सम्वन्धी ऐनमा भएको कानूनी व्यवस्था र कार्यान्वयन प्रणालीका विषयमा आठबीस नगरपालिका र नौमूले गाउँपालिकाका छुट्टाछुट्टै कानून अनुशिक्षण गरिएको क्रेटिङ्ग स्पेस परियोजनाका तथ्यांक अधिकृत प्रेम भूर्तेलले बताउनुभयो ।

प्रतिक्रिया