श्‍वासप्रश्वास र क्यान्सर अस्पताल केन्द्र मातहत नै राखिने

श्‍वासप्रश्वास र क्यान्सर अस्पताल केन्द्र मातहत नै राखिने

औपचारिक निर्णय आएको छैन – कांग्रेस
काठमाडौँ – सरकारले प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा उठाउँदै आएको माग पूरा भएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेसको माग पूरा गर्ने निर्णय गरेको एक मन्त्रीले कान्तिपुरलाई जानकारी दिए । ती मन्त्रीले भने, हो, कांग्रेसको माग पूरा भएको छ ।

कांग्रेसले तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार भन्दा बाहिर राख्ने सरकारको निर्णय सच्याउन माग गर्दै संघीय संसद् आएको थियो।कांग्रेसले सरकार आफ्ना नेताको योगदानको अवमूल्यन गरेको र सहमतीय सरकार भएको बेला सञ्चालन अनुमति दिएको अस्पताललाई विघटन गर्न लागेको आरोप लगाइएको थियो।

स्वास्थ्य मन्त्रालयले संघीय सरकार मातहतमा रहने गरी गठनादेशको निर्णयका लागि मन्त्रीपरिषद्‌मा पठाएका विभिन्न ११ अस्पतालमध्ये यी दुई अस्पताललाई सरकारले प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो।

औपचारिक निर्णय आइसकेको छैन – कांग्रेस

कांग्रेसले भने सरकारको औपचारिक निर्णय नआइसकेकोले सदनको अवरोध के गर्ने भन्ने यकिन गरिनसकेको बताएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, हाम्रो माग पूरा भएको भन्ने सुन्नमा मात्रै आएको छ। सरकारले साँच्चै यो निर्णय गरेको हो भने संसदको अवरोध खोल्ने कि नखोल्ने पार्टीमा छलफल हुन्छ।

तर, राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भने निर्णय भएको भए संसद् अवरोध खुल्ने बताए। ुहाम्रो मुख्य माग यही दुई अस्पतालको विषयलाई लिएर थियो।हाम्रो माग सरकारले सम्बोधन गरेको हो भने सदन खुल्छु उनले थपे, अन्य विषयहरु बलजफ्ती राष्ट्रिय चिकित्सा शिक्षा विध्यक पारित गरेको, भ्रष्टाचार र निर्मला पन्तको विषयमा आफ्नो धारणा राख्छौं तर सदन अवरुद्ध पार्दैनौं।

प्रतिक्रिया