विश्वव्यापीकरणको प्रभाव : ग्रन्च पाइन्ट किन्यौं, गुन्यू-चोली कहिले बेच्ने ?

          |   प्रकाशित मितिः बुधबार, फाल्गुन ८, २०७५     ::: 335 पटक पढिएको   |  

(लक्ष्मी पौडेल ‘अनुरागी’

नेपालबाट दैनिक हजारौं युवा विदेशिन्छन् । यसरी विदेशिने प्रायस् वैदेशिक रोजगारीकै लागि हुन्छन् । विश्वव्यापीकरणको कारणबाट एक देशका नागरिक कानूनी प्रक्रिया पूरा गरी अर्को देशमा रोजगारका लागि जान पाउँछन् । यसकै कारण नेपालका बेरोजगार जनशक्तिहरू बाह्य देशमा रोजगारी गर्न पाएका छन् । उनीहरूले विदेशमा सीपसँगै अध्ययन पनि हासिल गर्छन् । अझ योभन्दा ठूलो विषय ‘रेमिट्यान्स’ हो । यही रेमिट्यान्सले सिङ्गो देशको अर्थतन्त्र चलेको छ । विश्वव्यापीकरण बाट नेपालले प्रविधि पनि भित्र्याउन सफल भएको छ । यसलाई नेपालले फाइदाको रुपमा लिनुपर्छ ।

आज बहुराष्ट्रिय कम्पनीहरूले संसारको जुनसुकै कुनामा गएर पनि व्यवसाय गर्न पाउँछन् । यसको एकमात्र कारण हो-विश्वव्यापीकरण । अन्तर्राष्ट्रिय पुँजी तथा कच्चा पदार्थको लेनदेन तथा वैदेशिक व्यापार सहज बनेको छ । जसको कारणले गर्दा विकास र समृद्धिको लागि उत्पादनलाई केही सहज बनेको छ । सुचना प्रविधिको कुरा गर्दा आज हामी जुन स्थितिमा छौं, त्यो विश्वव्यापीकरणबिना सम्भव थिएन । सूचना र प्रविधिमा आज हामी अगाडि बढिरहेका छौं । सूचना-प्रविधिमा हामी अगाडि भएपनि सबै शिक्षित छन् भन्ने होइन । तर जति शिक्षित छन्, सबै सूचना प्रविधिमा दख्खल छन् । नेपाल अहिले जुन अवस्थामा छ, यसमा विश्वव्यापीकरणको ठूलो हात छ ।

नेपालमा विभिन्न वैदेशिक ऋण र सहयोग रकम प्राप्त भएको छ । वैदेशिक व्यापारका लागि बाटो खुला भएको छ । जसको कारणले नेपालले आफ्ना उत्पादन अन्य मुलुकहरूमा पठाउन सक्छ । नेपालमा प्रशस्त मात्रामा भएको जलबाट उत्पादित बिजुली भारतलगायका अन्य देशमा बेच्न र राजस्व संकलन गर्न सक्छ । सम्भावनाको रुपमा रहेका विभिन्न खनिज पदार्थ र धातुहरूको उत्खनन गरेर वैदेशिक व्यापारलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन सक्छ । जसबाट नेपालका जनशक्ती बाहिरिने ठाउँमा नेपालकै जनशक्ति प्रतिस्थापान गरी थप जनशक्ति आवश्यकता परेको अवस्थामा बाह्य जनशक्ति पनि भित्र्याउन सके अधिकारको खम्बाको रुपमा विश्वव्यापीकरण रहेको छ ।
आज विभिन्न योजनामा अनुदान माग्ने नेपाललाई, अनुदान दिने अधिकार विश्वव्यापीकरणले प्रदान गरेको छ । पर्यटक बाहिरिने मात्र होइन, लाखौं करोडौं पर्यटकलाई नेपाल भित्र्याएर हामी अर्बौं रुपैयाँ कमाउन सक्छौं ।
नेपालको अर्थतन्त्रलाई माथि उठाउन कृषिलाई आत्मनिर्भर बनाउनुपर्छ पहिला । त्यसपछि नेपाली भूमिमा उत्पादित कृषि उत्पादनलाई वैदेशिक बजारसम्म पर्यालउनुपर्छ । विश्वव्पापीकरणकै माध्यमबाट वैदेशिक व्यापार बढाउन नेपालले अब ढिलो गर्नु हुँदैन ।त्यस्तै नेपाललाई भूकम्प र बाढी पहिरो पीडितका लागि विदेशी राष्ट्रहरूबाट ऋण तथा अनुदान प्राप्त भएको थियो । यसरी सहयोग आदानप्रदान हुनुलाई पनि विश्वव्यापीकरणको एउटा पाटो मान्न सकिन्छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र मितव्ययिताको कारणले आज सिंगो विश्व नै ‘एक घर’ हुन पुगेको छ । सारा देशहरू नै परिवार बन्न पुगेका छन् । तर बिडम्बना किलोको दुई रुपैयाँमा पनि बन्दा बिक्री नभएपछि तरकारीबारीमा डोजर लगाएको खबर बाहिर आयो । नाफा त परको कुरा, लगानी पनि नउठ्दा कृषक तनावमा छन् । कृषिप्रधान देशमा आफूले लगाएको खेतीबाट मल र विषादीको मूल्य पनि नपाउनु भनेको लाजमर्दो कुरा हो ।

नेपाल जलस्रोतको खानी हो । जलविद्युतको उत्पादनको लागि प्रचुर सम्भावना छ । तर नेपालमा किन भारतबाट विद्युत आयात गरिन्छ रु नेपालमा उत्पादन गरेर विद्युत निर्यात गर्नु पर्दैन रु
छिमेकी मुलुक भारतबाट नै नेपालमा करोडौं मूल्य बराबरको तरकारी र खाद्यान्त आयात हुन्छ । विश्वव्यापारीकरणले आयात गर्ने त भनेको छैन नि । त्यसैले यसलाई पनि दोहोरो बनाउनुपर्छ । तसर्थ नेपालमा विश्वव्यापीकरणले सबैभन्दा बढी प्रभाव कृषिमा पारेको छ ।

जबकी कृषिप्रधान देशमा दैनिक लाखौंरकरोडौंको तरकारी, फलफुल र खाद्यान्न आयात हुनुले कस्तो संकेत गर्छ रु विश्वव्यापीकरण नेपालको लागि ठिक छैन भन्नुभन्दा पनि स्वदेशी उत्पादनमा जोड दिई अपुग परिस्थितिमा मात्र आयात गर्ने स्थिति सिर्जना गर्नुपर्छ । कृषिप्रधान देशले खै के, कहाँ र कति निर्यात गर्‍यो रु यसको जवाफ कसले दिने ? नेपालमा प्रशस्त मात्रामा उपलब्ध जडिबुटीहरू किन खेर गइरहेका छन् ? विश्वव्यापीकरण भनेर मात्र हुन्छ ? किन समन्वय र साझेदारी हुन सकेन रु नभएको चिज आयात गर्नुपर्छ तर भएकै चिज किन आयात हुन्छ ?

विश्वव्यापीकरणले यही र यस्तै भन्छ त रु नेपालमै पाइने जडिबुटीबाट बनेको औषधि नेपालले खरिद गर्नुपर्छ तर नेपालको जडिबुटी किन बेचिँदैन अन्तर्राष्ट्रिय बजारमा रु यी र यस्ता प्रश्नहरूको जवाफ सही र सकारात्मक पाएमा र समाधानमा लागेमा पक्कै पनि नेपालमा समृद्धि अवश्य आउनेछ ।

नेपालबाट पठाइने हजारौं युवाले गरेको श्रम र मेहनतबाट उत्पादित उत्पादन प्रयोग गरेर हामी आफूलाई भाग्यमानी ठान्छौं । तर हामी यो सोच्दैनौं कि बेरोजगार लाखौं युवाले स्वदेशमा पनि श्रम गरेर उत्पादन गर्न सक्थे । स्वदेशमा दोहोरो फाइदा कसरी लिने भन्नेबारे कसले सोच्ने रु बाहिरबाट ल्याएका टलक्क टल्काइएका वस्तुलाई गुणस्तरयुक्त भन्दै नेपालमा उत्पादित वस्तुको प्रयोग नगरेकै कारण नेपालको व्यवसाय खस्किन पुगेको हो । यसको जिम्मा कसले लिन सक्छ रु हेटौंडा कपडा उद्योग किन बन्द हुन पुग्यो रु धेरै सङ्ख्यामा चिनी र अन्य कारखाना र साना तथा घरेलु उद्योग किन लाइन लागेझैं बन्द हुन पुगे रु विगत दश वर्षयता नेपाली बजारमा विदेशी शक्तिको हस्तक्षेप किन यसरी ह्वात्तै बढ्न पुग्यो रु माथिका सबै प्रश्नहरू विश्वव्यापारीकरणले उब्जाएका हुन् ।

आयातमुखी नभई निर्यातमुखी अर्थात् दोहोरो अर्थतन्त्र नेपालको लागि अपरिहार्य छ । तर नेपालको परनिर्भरताको बानी हट्न केही समय अझै हट्न सकेको छैन । परनिर्भरताकै कारणले गर्दा आज नेपालको वैदेशिक ॠणको सीमारेखा पार गरिसकेको छ ।

नेपाल जलस्रोतको खानी हो । जलविद्युतको उत्पादनको लागि प्रचुर सम्भावना छ । तर नेपालमा किन भारतबाट विद्युत आयात गरिन्छ रु नेपालमा उत्पादन गरेर विद्युत निर्यात गर्नु पर्दैन रु हो, यस अर्थमा आयातमुखी नेपाल बनेको छ । प्रशस्त खनिज पदार्थका खानीहरू छन् । तेल खानीहरू छन् तर पनि किन आयात हुन्छ रु यहाँको जनशक्तिकै सदुपयोग गरेर आयात गर्ने चिज निर्यात गर्न नसकिएको अवस्था छ ।

हिजो गुन्यू चोली लगाउने महिला दिदीबहिनीहरू आज ग्रन्च पाइन्ट लाउन थालेका छन् । तिघ्रा देखाएका छन्, यसले नेपाली बजारलाई कमजोर पारेको छ । हामीले हाम्रो संस्कारलाई विदेशी बजारमा पुर्‍याउन किन सकेका छैनौं रु अब हामीले पनि विश्वव्यापारीकरणको माध्यमबाट नेपालको दौरा सुरुवाल र गुन्यू(चोलीलाई विदेशी बजारमा बेच्नुपर्छ । मुलुकलाई समृद्ध बनाउनुपर्छ ।

तर एकोहोरो प्रणाली भनेझैं खाडीमा बेरोजगार युवा निर्यात गर्नुबाहेक उल्लेखनीय ढङ्गले अरू केही निर्यात गर्न सकेको स्थिति छैन । देश रेमिट्यान्समुखी र वैदेशिक ॠणमुखी बनेको परिस्थिति सिर्जना भएको छ । नेपाल आयातमुखीमै सीमित बनेको छ । त्यसैले बदलिँदो विश्वको सूचना र प्रविधिको प्रयोग गरेर नेपाललाई निर्यातमा अब्बल बनाउन जरुरी छ ।

लेखक तन्नेरी चासो सुर्खेतमा आबद्व छन् ।



Leave a comment

Your email address will not be published.


*