महिला कैदीलाई सेनेटरी प्याड

महिला कैदीलाई सेनेटरी प्याड

दैलेख फागुन ८ ।
जिल्ला कारागार दैलेखका महिला कैदीलाई सेनेटरी प्याड वितरण गरिएको छ । ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा जिल्ला मुल समारोह समिति दैलेखको आयोजनामा बुधवार नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्ल, नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता कुमारी राना लगाएतले प्याड संयुक्त रुपमा वितरण गर्नुभयो । सोहि अबसरमा जिल्ला कारागार दैलेखमा महिला कैदीसँग आश्रित रहेको बालकलाई न्यानो कपडा वितरण गरिएको छ ।

सेनेटरी प्याड वितरण गर्नुहुँदै नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्लले महिला कैदीको स्वास्थ्य अवस्था सुरक्षित बनाउन प्याड वितरण गरिएको बताउनुभयो । जथाभावी प्याड प्रयोगले रोग संक्रमण भएर पाठेघर क्यान्सरको सम्भावना बढ्ने भएकाले त्यसको उचित प्रयोग गर्न उहाँले सुझाउनुभयो । उहाँले जिल्ला कारागार दैलेखमा रहेका महिला कैदीहरुको समस्या समाधान गर्न प्रतिबद्धता जनाउनुभयो । त्यहाँका महिलाहरुले आफुहरुलाई सिपमुलक तालिम दिनुपर्ने माग समेत गरेका छन् ।

यसैविच सोहि अबसरमा दैलेख जिल्ला अस्प्तालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला मुल समारोह समितिका संयोजक प्रेम बहादुर थापा, नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्का, उपप्रमुख सावित्री मल्ल, दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा लगाएत फलफुल वितरण गर्न दैलेख अस्पताल पुग्नुभएको थियो ।

प्रतिक्रिया