१२ वर्षपछि फेरि भीआईपी सवार हवाई दुर्घटना

१२ वर्षपछि फेरि भीआईपी सवार हवाई दुर्घटना

काठमाडौं– एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थामा ५ शव फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे ।

घटनास्थल पुगेको स्थानीय प्रहरीले ५ शव फेला पारेको प्रवक्ता सुवेदीको भनाई छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित दारेढुंगाको जंगलमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका दिए । यस्तै विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र विरेन्द्र बूढाथोकी सवार रहेका थिए ।

यसअघि ताप्लेजुङको घुन्सामा २०६३ साल असोज ७ गते श्री एयरलाईन्सको हेलिकप्टर दुर्घटना भएको थियो । घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा डा। हर्क गुरुङ लगायत २४ जनाको निधन भएको थियो ।

त्यसवेला दुर्घटनामा तत्कालीन वन तथा भुसंरक्षण राज्य मन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा। हर्क गुरुङ, संरक्षणविद् डा। तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेललगायतको निधन भएको थियो ।

प्रतिक्रिया