चालकको निशुल्क स्वास्थ्य परिक्षण

चालकको निशुल्क स्वास्थ्य परिक्षण

दैलेख चैत १४ । दैलेख सुर्खेत सडक खण्डका सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. १ को चुप्रा बजारमा ७५ जना सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको बताइएको छ । स्वास्थ्य परिक्षण गरिएका चालकको कुनै पनि स्वास्थ्य समस्या देखा नपरेको स्वास्थ्य परिक्षणमा खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन् । दैलेख सुर्खेत सडक खण्डको चुप्रा वजारमा संचालन भएको स्वास्थ्य परिक्षणमा दैलेख सुर्खेत सडक खण्डमा सञ्चालन हुने यातायातका सवारी चालकले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।
स्वास्थ्य परीक्षण गर्नेमा सवारी साधन तथा मालबहाक गाडीका चालकहरु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख प्रताप केसीले जानकारी दिए । दैलेखका लामो तथा छोटो दुरीका सडक खण्डमा क्षमता भन्दा दोब्बर यात्रु बोक्ने, ओभरट्याक गर्न खोज्ने लगायतका कारणले दुर्घटनाको जोखिम बढेको छ । यिनै कारणले सडक खण्डमा भएका सवारी दुर्घटानामा धेरैले ज्यान गुमाएका छन् । ट्राफिक प्रमुख केसीले जोखिम घटाउनुका साथै सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य परीक्षणको आयोजना गरिएको वताए । सो अवसरमा सवारी साधन संचालनका लागि आवाश्यक कागजातको पनि चेकजाँच गरिएको छ ।

प्रतिक्रिया