हुम्लाको रुघाखोकी प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट औषधि र चिकित्सक

हुम्लाको रुघाखोकी प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट औषधि र चिकित्सक

वैशाख १५, सुर्खेत – मौसमी रुघाखोकी प्रभावित हुम्लाको ताजाकोट गाउँपालिकामा कर्णाली प्रदेश सरकारले हेलिकोप्टरबाट औषधि र चिकित्सक पठाएको छ ।

आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट दुई फ्लाइटमा औषधि र चिकित्सक पठाइएको सामाजिक विकासमन्त्री दल रावलले बताए । संघीय सरकारको समन्वयमा छिट्टै टोली पठाउन सकियो, हुम्ला सिमकोटमा रहेका उनले भने, अब त्यहाँको स्वास्थ्य समस्या छिट्टै समाधान हुन्छ होला ।

सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा। टेकराज भट्टराई, डा। केएन पौडेल र केशव अधिकारी, एकजना प्यारामेडिक्स, निर्देशनालयका कर्मचारी श्याम आचार्य र ल्याब टेक्निसियनको टोली प्रभावित क्षेत्रमा पुगिसकेको निर्देशक डा। रीता भण्डारीले बताइन् । टोलीले आजै उपचार सुरु गर्नुका साथै ल्याव परीक्षण गरी रोगको निदान गर्नेछ, उनले भनिन्, आवश्यकता अनुसार थप चिकित्सक र औषधि पनि पठाइने छ ।

सुर्खेतबाट गएको टोली तीन-चार दिन प्रभावित क्षेत्रमा बस्नेछ । थप समय बस्नु पर्ने भएमा रोटेसनु मिलाएर अरु चिकित्सकलाई पठाइने निर्देशक भण्डारीले बताइन् ।तीन साताअघि फैलिएको मौसमी रुघाखोकीले हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने करिब ३ सय बिरामी छन् । ताजाकोटको वडा नम्बर १ मा जिमाना र काँडागाउँ तथा वडा नम्बर २कोमैला, तोलीबाडा र खटिकबाडामा प्रकोप देखिएको छ ।

प्रतिक्रिया