सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने

सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने

वैशाख २०, काठमाडौँ – सरकारले नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने जनाएको छ ।शुक्रबार संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा नम्बरसहितको परिचय पत्र दिइने उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले सामाजिक सुरक्षा कार्यक्रमबाट श्रमिक र कर्मचारी लाभान्वित हुने बताइन् । सबै तहबाट दिइने सामाजिक सुरक्षा कार्यक्रमबीच समन्वयात्मक गरिनेछ । सामाजिक सुरक्षाको भत्ता वृद्धि गरिनेछ, राष्ट्रपतिको सम्बोधनमा छ ।

प्रतिक्रिया