‘रुख रोपौँ वन जोगाउँ’ को नारा नारामै सिमित

‘रुख रोपौँ वन जोगाउँ’ को नारा नारामै सिमित

ठाटीकाँधका सामुदायिक वनको स्थलगत अभ्यास

दैलेख । डिभिजन वन कार्यालय दैलेखका सहायक वन अधिकृत शँकर पुरि सहितको टोलीले आईतबार सामुदायिक वनको स्थलगत अनुगमन गरेका छन ।


टोलीले जिल्लाको ठाटीकाँध गाउँपालिका–१मा रहेका जिउँनी दुदेपानि र सिम्ले मालुकोट सामुदायिक वनको अनुगमन गरेको हो अधिकृत पुरीले ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई आत्मसाथ गर्दै वनको रक्षाका लागि उपभोक्ता समितिलाई निर्देशन दिएका छन् । उनले, वनजँगलमा भएका बोटविरुवालाई के–कसरि काँटछाट गर्ने भन्ने बिषयमा छलफल र जँगलमै गएर उपभोक्ता समिति र उपभोक्ताहरुलाई काँट्छाट गर्ने तरिका समेत सिकाएका छन् ।


पुरीले वन सम्बन्धी विभिन्न पक्षमा निर्देशन दिँदै उपभोक्ता समितिलाई डिभिजन कार्यालयको नियम अनुसार सहि रुपमा काम गर्न समेत आग्रह गरेका छन् । जिल्लाका अधिकाँश सामुदायिक वनको तुलनामा हेर्ने हो भने यहाँका सामुायिक वनको अबस्था नाजुक छ, वन अधिकृत पुरीले भने । स्थापना भएको ७÷८ बर्ष देखिनैै “रुख रोपौँ वन जोगाउँ” भन्ने नारा बोकेका यी दुई सामुदायिक वनले हालसम्म कुनै फराकिलो वातावरण शिर्जन गर्न सकेको छैनन् ।
जिउँनी दुदेपानी वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम रावतले वन जोगाउँन विभिन्न प्रयास गरेको तर यहाँ पहुँच वाला र तेरो मेरो भन्नेले गर्दा वनले स्थान लिन नसकेको बताए । उनले भने, यहाँको वनमा काठ चोरी पैठारीले गर्दा समस्या दिएको छ ।


यी सामुदायिक वनमा अहिले सल्ला बाहेक अरु कुनै काठ पाउँन मुस्किल हुन्छ,यहाँका मान्छेले घरहरु निर्माण गर्नको लागि अहिले काठ खोज्दा समेत नपाउँने अबस्था शिर्जना भएको छ । वनमा रुखहरु काट्ने तर, विरुवा नरोप्ने गर्दा वन मासिँदै गएको छ ।वन भडानि जताततै भईरहेको छ ,मनोमानी ढँगबाट ठुलाबडाको राजले वन धरासयीमा देखिन्छ । स्थानीय सरकारले भने वनवारे चासो नदिएको वन उपभोक्ता समितिले जनाएको छ । पुर्वीय भागमा रहेको चामुण्डाबिन्द्रासैनी नगरपालिका र पश्चिममा पर्नै आठबीस नगरपालिकाले समेत उक्त वनमा घाँस ,दाउरा र काठहरु मास्ने गरेको पाईन्छ ।
वनमा हाल चारवटा चौकीदारहरु राखिएको छ, व्यबस्थापन पक्ष फितलो भैदिँदा चौकीदारले पनि वनमा राम्रो सँग काम नगरेको पाईन्छ । वनको भावि योजनालाई सबै योक्यवद्धभएर लाग्ने कार्यक्रममा सहभागी उपभोक्ताले बताएका थिए । वनले व्यबस्थापन पक्षलाई व्यबस्थित बनाई अग्र स्थान लिन सके वनले आर्थिक उन्नतीमा ठुलो भुुमिका हात पार्ने देखिन्छ ।

प्रतिक्रिया