विश्व वातावरण दिवस मनाइयो

विश्व वातावरण दिवस मनाइयो

दैलेख जेठ २२ ।
दैलेखको भैरबी गाउँपालिका वडा नं. १ र २ मा पनि विश्व वातावरण दिवस मनाइएको छ । एईआएन लक्जेम्बर्र्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाको सहजिकरण तथा भैरबी गाउँपालिका वडा नं. २ रावतकोटको समााजसेवी युवा संजालको आयोजनामा दिवस मनाइएको हो ।

‘स्वच्छ वायु, स्वच्छ जीवन’ नाराका साथ मनाईएको दिवसका अबसरमा यहाँका युवा क्लब र आमा समुहका पदाधिकारीहरुले पञ्चदेवल माध्यामिक विद्यालय परिषरमा सरसफाई समेत गरेका छन् । दिवसका अबसरमा स्वच्छ वातावरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत गरिएको परियोजनाका कृषि प्राविधिक सम्झना थापाले जानकारी दिनुभयो । त्यस अघि बाल क्लब र आमा समुहका पदाधिकारीहरुले ¥याली समेत प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया