युवा क्लब र आमा समुहले गरे बजार सरसफाई

युवा क्लब र आमा समुहले गरे बजार सरसफाई

दैलेख जेठ २२ ।
विश्व वातावरण दिवसका अवसरमा बजार सरसफाई गरिएको छ । दैलेखको भैरबी गाउँपालिका वडा नं. ४ र ५ मा गठित युवा क्लब र आमा समुहका पदाधिकारीहरुले बजार सरसफाइ गरेका हुन् । ‘स्वच्छ वायु, स्वच्छ जीवन’ नाराका साथ मनाईएको दिवसका अबसरमा भैरबी गाउँपालिकाको सिलंगी बजार क्षेत्र सरसफाई गरिएको हो ।

एईआएन लक्जेम्बर्र्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाको सहजिकरण तथा भैरबी गाउँपालिका वडा नं. ४ को कालिका युवा संजालको आयोजनामा बजार सरसफाई गरिएको हो ।
दिवसका अबसरमा स्वच्छ वातावरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत गरिएको परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले जानकारी दिनुभयो । त्यस अघि बाल क्लब र आमा समुहका पदाधिकारीहरुले ¥याली समेत प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया