वन जोगाउन समुदायको सक्रियता बढाउन आग्रह

वन जोगाउन समुदायको सक्रियता बढाउन आग्रह

जिल्ला समन्वय समितिका प्रमुख पे्रमबहादुर थापाले सामुदायिक वन उपभोक्ता समितिहरुले पहिले जस्तो वन व्यवस्थापन उल्लेख्य काम नसकेको बताएका छन् । डिभिजन वन कार्यालयको आयोजनामा दैलेखमा आज भएको वन क्षेत्र समन्वय समितिको वैठकमा वन जोगाउन समुदायको सक्रियता बढाउन आग्रह गरे ।

प्रमुख थापाले पहाडी साना किसानका लागि अनुकूलन आयोजनाले समुदाय परिचालन, जीवनस्तर उठाउने आय आर्जनका कार्यक्रम प्रभावकारी भएको बताए । उनले भारतमा मजदूरी गर्न जानेहरुलाई गाउँमै रोजगारी सिर्जना गरेको आफूले पाएको सुनाए ।

त्यस बखत डिभिजनल वन अधिकृत मुनबहादुर राउतले कर्णाली प्रदेश उद्योग पर्यटन, वन तथा वातारण मन्त्रालयको कार्यक्रम र पहाडी साना किसानका लागि अनुकूलन आयोजनाका संयोजक धर्मराज उपाध्यायले सो आयोजनाको प्रगति प्रस्तूत गरेका थिए ।

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त कार्यक्रम तर्फ कुल १६ करोड ६८ लाख ९७ हजार कुल बजेट मध्ये ८ करोड ७२ लाख ८३ हजार मात्र खर्च भएको जानकारी दिइएको छ । जसको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय तर्फ ५२ प्रतिशत मात्र रहेको जनाइएको छ ।

त्यसैगरी पहाडी साना किसानका लागि अनुकूलन आयोजनाले भने कुल ११ करोड ३४ लाख ६० हजार बजेट मध्ये १० करोड ९३ लाख ३१ हजार ८ सय ७४ अर्थात ९६ दशमलव ३६ प्रतिशत प्रगति भएको बताइएको छ ।

त्यस अवसरमा दैलेखका प्रजिअ लक्ष्मीप्रसाद बासकोटा, प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेल, निमित्त समन्वय अधिकारी पदम सापकोटा, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष मनिराम शर्मा लगायतका सरोकारवालाको सहभागिता थियो ।

सो वैठककै अवसरमा डिभिजन वन कार्यालयका लेखापाल रेशम थापालाई बेरुजु फस्र्यौटमा योगदान पु¥याएको भन्दै कदरपत्र दिएको छ । अघिल्लो आर्थिक वर्षसम्म १३ लाख ७६ हजार कुल बेरुजु मध्ये चालु आर्थिक वर्षमा ८ लाख ४२ हजार ७ सय १९ रुपैंयाँ असूली गरेको बताइएको छ ।
सामुदायिक वन तर्फ छितावारी सावउस दुल्लू प्रथम, बिरिया नाउला सावउस नारायण द्धितीय, लालीगुराँस सावउस आठबीस तृतीय, कबुलियत वन तर्फ पिपल चौतारा डुंगेश्वर प्रथम, देवस्थली दुल्लू द्धितीय र मौरीघार कबुलियती वन नौमूलेलाई तृतीय पुरस्कार दिइएको थियो ।

बन्यजन्तुबाट भएको क्षतिको राहत स्वरुप राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट प्राप्त रकम प्रभावित परिवारहरुलाई आजै वितरण गरिएको छ । गुराँस गाउँपालिका–१ का कर्ण नेपालीका ३ वटा बंगुर चितुवाले मारेको ३० हजार र गुराँस गाउँपालिका–२ का टीकाराम रावलका ३ वटा खशी बाख्रा मारेकोमा पनि ३० हजार राहत रकम दिइएको हो ।

प्रतिक्रिया