छड्केमा झण्डै आधा कर्मचारी गयल

छड्केमा झण्डै आधा कर्मचारी गयल

असार २९, २०७६ – दैलेख – जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिका कार्यालयको आकस्मिक हाजिरी छड्केमा आधा जति कर्मचारी गयल परेका छन् ।
जिल्ला प्रशासन कार्यालयले आइतवार गरेको छड्केमा ३ जना छैंटौं अधिकृत र ६ जना कार्यालय सहयोगीहरु समेत ९ जना गयल भेटिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले जानकारी दिनुभयो ।
जम्मा ६६ जना कर्मचारी रहेको एउटै कार्यालयमा आर्थिक वर्षको अन्तिम समयमा झण्डैं आधा कर्मचारी गयल भेटिनुलाई आश्चर्यको रुपमा लिइएको छ ।
कर्मचारी हाजिरी रजिष्टरमा विदा पनि नदेखाई बस्ता अनुगमनको काज देखाउन सकिने लोभमा बसेको कर्मचारीले हाजिरी नगरी बसेका जानकारहरुको बिश्लेषण छ ।
२३ वर्ष अघि स्थापना भएको जिल्लाको पहिलो यो नगरपालिकामा छड्के हाजिरीमा यति धेरै कर्मचारी गयल भेटिनुले राजनीतिक प्रभावमा जागिर खाएकाहरु अटेरी भएका भन्ने जनगुनासोलाई पुष्टी गरेको छ ।
बिना सूचना कार्यालयमा गयल कर्मचारीको नामावली सहित लिखित स्पष्टीकरण लिन नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेशम बुढालाई पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी बासकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया