पर्यटनमन्त्री भट्टराईले सम्हाले कार्यभार

पर्यटनमन्त्री भट्टराईले सम्हाले कार्यभार

काठमाडौँ साउन १५- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईले कार्यभार सम्हालेका छन् । शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार दिउँसो पद तथा गोपनियताको शपथ लिएलगत्तै भट्टराई सिधै सिंहदबारस्थित पर्यटन मन्त्रालय पुगेर कार्यभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयका कर्मचारीहरुले गेटदेखि नै फूलमालाले स्वागत गरेका थिए ।

अहिले मन्त्री भट्टराईको स्वागतमा मन्त्रालयमा कार्यक्रम राखिएको छ । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईलाई आजै प्रधानमन्त्री केपी ओलीले मन्त्रीमा नियुक्त गरेका हुन् । उनी पहिलो पटक मन्त्री बनेका हुन् ।

प्रतिक्रिया